पोखरा महानगरपालिकाको नेपाली कांग्रेस दलका नेता तथा सचेतक रामराज लामिछानेले सो जिम्मेवारीबाट बाहिरिएको घोषणा गरेका छन् ।
नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तरगत पोखरा महानगर समितिको सभापति पदमा प्रतिष्पर्धा गरेका लामिछाने पराजित भएका थिए । उनीभन्दा पार्टीमा जुनियर सुरेन्द्रमान विजुक्छे सभापति चुनिँदा ६ प्रतिष्पर्धीमा लामिछाने तेस्रो नम्बरमा रहे । निकटतम प्रतिद्वन्द्वी पत्रकार गंगाधर पराजुली भन्दा पनि लामिछाने धेरै पछि परेका थिए ।
निर्वाचनको २ दिन नबित्दै वडा नम्बर ९ का वडाध्यक्ष लामिछानेले पोखरा महानगरपालिकाको नेपाली कांग्रेस दलका नेता तथा सचेतकको जिम्मेवारीबाट पन्छिनुलाई पराजयपछिकै निर्णय भएको बताइन्छ । यद्यपि उनले बुझाएको राजीनामा पत्रमा राजीनामा दिनु पर्ने कारण खुलाएका भने छैनन् ।
उनी वडा अध्यक्ष लड्ने बेलामा नेपाली कांग्रेस कास्कीको सचिव थिए । अध्यक्षमा जितिसकेपछि कास्की कांग्रेसका सभापति कृष्ण केसीले उनलाई सचिवको जिम्मेवारीबाट हटाएका थिए ।
नेपाली कांग्रेस कास्कीका सभापतिलाई सम्बोधन गरेर दिएको राजीनामामा पोखरा महानगर पालिकालाई बोधार्थ दिइएको छ ।

‘आजका दिनसम्म मेरो यस भूमिकामा सहयोग गर्नुहुने सम्पूर्णप्रति धन्यवाद दिन चाहन्छु । साथै यसप्रकारको भूमिका निर्वाह गर्नअवसर प्रदान गर्न सहयोग गगर्ने कांग्रेस कास्की र पोखरा महानगर समिति, पोखरा महानगरमा कांग्रेसका तर्फबाट निर्वाचित वडाध्यक्ष र वडा सदस्य लगायत सम्पूर्ण महानगरवासीप्रति हार्दिक आभार व्यक्त गर्दछु,’ पार्टीका जिल्ला सभापतिसमक्ष बुझाएको राजीनामा पत्रमा भनिएको छ, ‘आजका दिनसम्म दलको नेता तथा सचेतकको हैशियतबाट गरिएको कामकारबाही पार्टीको नीति निर्देशन अनुरुप भएको अवगत गराउँदै अब उप्रान्त दलको नेता तथा सचेतकको हैशियतबाट आफ्नो भूमिका यही नै अन्त्य गर्दै दलको नेता तथा सचेतकको रुपमा आजकै मितिदेखि राजीनामा दिएको छु ।’
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ