पोखरा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशभर केपी आतङ्क रहेको बताएका छन् ।
नेकपा माओवादी केन्द्र ताराखोला गाउँपालिकाले आयोजना गरेको भर्चुअल भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले केपी आतङ्कलाई परास्त गर्न आम कार्यकर्ता र नागरिक सचेत हुनुपर्ने बताएका हुन् ।
लामो संघर्षपछि प्राप्त उपलब्धी गुम्ने खतरा बढेको भन्दै उनले प्रतिकृयावादी शक्तिहरुले जनतालाई भ्रम सिर्जना गरेकोले सचेत हुन अपिल समेत गरे ।
आफूले देशमा ठूलो कम्युनिष्ट शक्ति निर्माण गरी देशलाई सम्वृद्धीतर्फ लैजाने योजना अनुरुप नेकपा एमालेसँग पार्टी एकता गरे पनि गलत प्रवृति र केपी ओलीको गुटगत राजनीतिले सपना चकनाचुर भएको प्रचण्डले टिप्पणी गरे । अब फेरि जनताको घरदैलोमा माओवादी केन्द्र आफ्ना एजेण्डा र उपलब्धिसहित जानुपर्ने बताए ।
सम्वोधनका क्रममा प्रचण्डले मन्त्रिपरिषद् विस्तार केही दिन लम्बिन सक्ने संकेत समेत गरेका छन् । शुक्रबार बिहान पनि प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल भएको बताउँदै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल अस्वस्थ हुँदा मन्त्रिपरिषद् विस्तार लम्बिन सक्ने बताए ।
सम्बन्धित खबर
बाढीपीडितका लागि कर्मचारीको तलबबाट ३६ करोड योगदान गरिने, बिदामा पनि काम गर्नुपर्ने
प्रधानमन्त्री र भौतिकमन्त्री बाढी प्रभावित क्षेत्र नुवाकोट पुगे
गण्डकी सरकारबाट एमाले बाहिरियो, ४ मन्त्रीले बुझाए राजीनामा
सात कारण दिँदै भारतीय मिडियाले लेख्यो– १५० दिनमै जेन–जी नायकबाट ‘खलनायक’ बन्दै बालेन
गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
सभामुखको रूलिङ विपरित प्रधानमन्त्री बालेन कालो चस्मा लगाएरै संसद बैठकमा जाने
यो पनि पढौँ
पोखराको मुख्यबजार क्षेत्रमै नालीमा बगे आमाछोरी
प्रार्थनाकै समयमा १६ सय ५० विद्यार्थी पढ्ने त्रिभुवन त्रिशुली मावि बगायो
प्रधानमन्त्री बालेनको भिडियो पत्रकारले खिच्दा सेनाले गर्यो डिलिट
गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो