काठमाडौँ । नेपाली कांग्रेसको काठमाडौँ पालिका अधिवेशन आज (शुक्रबार) हुँदैछ।
पूर्वनिर्धारित कार्यतालिका अनुसार असोज ९ मा पालिका अधिवेशन हुनुपर्ने भएपनि सबै वडा अधिवेशन नसकिएपछि पालिका एक साता पर सरेको थियो ।
काठमाडौँ महानगरमा कांग्रेस सभापति शेरबहादुर देउवा र नेता प्रकाशमान सिंह–गगन थापा पक्षबीच प्रतिस्पर्धा हुने भएको छ। देउवा पक्षसँग मिलेर नेता कृष्णप्रसाद सिटौला निकट केन्द्रीय सदस्य भिमसेन दास प्रधाने गठबन्धन बनाएका छन्।
प्रकाशमान–गगन पक्षबाट काठमाडौँ महानगरपालिका निलकाजी शाक्य, शंखरापुर नगरपालिकामा दिलीपकुमार श्रेष्ठ, बूढानीलकण्ठ नगरपालिकामा राजाराम बुढाथोकी, टोखा नगरपालिकामा दीपक जोशी, गोकर्णेश्वरमा कुमार लामा,चन्द्रागिरि नगरपालिकामा घनश्याम गिरी (चन्द्रागिरी नगरपालिकाका मेयर), कागेश्वरी मनोहरा मिठाराम दाहाल, तारकेश्वर नगरपालिकामा श्रीराम थापा, नागार्जुन नगरपालिकामा दुर्गा गौतम र अच्युत उप्रेती मध्ये एक उम्मेदवार हुने भएका छन्।
त्यस्तै कीर्तिपुर नगरपालिकामा कृष्णमान डंगोल, दक्षिणकाली नगरपालिकामा मोहनबहादुर बस्नेत उम्मेदवार हुने छन्।
दक्षिणकाली नगरपालिकामा भने २ नम्बर वडाको अधिवेशन नै बाँकी रहेकाले आज अधिवेशन नहुने जनाइएको छ ।
काठमाडौँ महानगरको अधिवेशन शनिबार बिहान सवा ८ बजेदेखि राष्ट्रिय सभा गृहमा हुने भएको छ। महानगरको अधिवेशन नेता प्रकाशमान सिंहले उद्घाटन गर्ने जनाइएको छ ।
१० प्रतिनिधिसभा निर्वाचन क्षेत्र र २० प्रदेशसभा निर्वाचन क्षेत्र रहेको काठमाडौँमा काठमाडौँ महानगरपालिकासहित ११ स्थानीय तह र १३८ वडा रहेका छन्।
सम्बन्धित खबर
मधेशको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त
प्रतिनिधि सभा निर्वाचन: शनिबारदेखि समानुपातिकको प्रक्रिया सुरु, प्रत्यक्षको मनोनयन माघ ६ मा
नेपालले पर्यटनबाट लाभ लिन पहिले त राजनीति नै ठीक हुनुपर्छः वीरेन्द्र बहादुर बस्नेत
लाभका पदमा बसेर पार्टीलाई लेबी नतिरे कांग्रेसबाट उम्मेदवार बन्न नपाइने, ३ नाम मात्र सिफारिस गर्न पाइने
हर्क साम्पाङको पार्टीको सिद्धान्त – जेनजी पुस्तालाई हप्तामा तीन दिन मात्र पढ्न दिने
निकट सात भाइलाई देउवाको सन्देश- महाधिवेशन हुन्छ, नेतृत्वका लागि एक जनाको नाम टुंगो लगाउनुस्
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’