काठमाडौँ । नेपाली कांग्रेसको काठमाडौँ पालिका अधिवेशन आज (शुक्रबार) हुँदैछ।
पूर्वनिर्धारित कार्यतालिका अनुसार असोज ९ मा पालिका अधिवेशन हुनुपर्ने भएपनि सबै वडा अधिवेशन नसकिएपछि पालिका एक साता पर सरेको थियो ।
काठमाडौँ महानगरमा कांग्रेस सभापति शेरबहादुर देउवा र नेता प्रकाशमान सिंह–गगन थापा पक्षबीच प्रतिस्पर्धा हुने भएको छ। देउवा पक्षसँग मिलेर नेता कृष्णप्रसाद सिटौला निकट केन्द्रीय सदस्य भिमसेन दास प्रधाने गठबन्धन बनाएका छन्।
प्रकाशमान–गगन पक्षबाट काठमाडौँ महानगरपालिका निलकाजी शाक्य, शंखरापुर नगरपालिकामा दिलीपकुमार श्रेष्ठ, बूढानीलकण्ठ नगरपालिकामा राजाराम बुढाथोकी, टोखा नगरपालिकामा दीपक जोशी, गोकर्णेश्वरमा कुमार लामा,चन्द्रागिरि नगरपालिकामा घनश्याम गिरी (चन्द्रागिरी नगरपालिकाका मेयर), कागेश्वरी मनोहरा मिठाराम दाहाल, तारकेश्वर नगरपालिकामा श्रीराम थापा, नागार्जुन नगरपालिकामा दुर्गा गौतम र अच्युत उप्रेती मध्ये एक उम्मेदवार हुने भएका छन्।
त्यस्तै कीर्तिपुर नगरपालिकामा कृष्णमान डंगोल, दक्षिणकाली नगरपालिकामा मोहनबहादुर बस्नेत उम्मेदवार हुने छन्।
दक्षिणकाली नगरपालिकामा भने २ नम्बर वडाको अधिवेशन नै बाँकी रहेकाले आज अधिवेशन नहुने जनाइएको छ ।
काठमाडौँ महानगरको अधिवेशन शनिबार बिहान सवा ८ बजेदेखि राष्ट्रिय सभा गृहमा हुने भएको छ। महानगरको अधिवेशन नेता प्रकाशमान सिंहले उद्घाटन गर्ने जनाइएको छ ।
१० प्रतिनिधिसभा निर्वाचन क्षेत्र र २० प्रदेशसभा निर्वाचन क्षेत्र रहेको काठमाडौँमा काठमाडौँ महानगरपालिकासहित ११ स्थानीय तह र १३८ वडा रहेका छन्।
सम्बन्धित खबर
प्रधानन्यायाधीशमा तोडियो वरिष्ठताको परम्परा, बालेन सरकारले चौथो वरीयताका शर्मालाई प्रधानन्यायाधीश बनाउँदै
बालेनले आफ्ना मान्छेलाई प्रधानन्यायाधीश बनाउन अनेक जालझेल गर्दैछन्ः गगन थापा
संवैधानिक आयोगमा आफ्ना मान्छे नियुक्ति गर्न सरकारले अध्यादेश ल्याएको कांग्रेसको आरोप
सरकारले जस्ता तस्तै फर्काइदिएपछि राष्ट्रपतिबाट संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी
सुदनको आरोप- ‘बालेनमा हिटलर र मुसोलिनी बन्ने सपना जागेको देखिन्छ’
‘१०० दिन पुग्नु अगावै भन्न बाध्य छौं, सरकारले आफ्नो नियत र बाटो सच्याओस्’
यो पनि पढौँ
कास्कीको रुपामा बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ
पाेखरामा सुकुम्बासीको आन्दोलन घोषणा
थापाथलीका अर्का सुकुम्बासीले पनि गरे आत्महत्या, एक महिला बेहोस
सुदनको आरोप- ‘बालेनमा हिटलर र मुसोलिनी बन्ने सपना जागेको देखिन्छ’