नेपालको औद्योगिक घराना लक्ष्मी हाउसबाट स्थापित तथा पोखरा उद्योग वाणिज्य संघद्वारा सञ्चालित लक्ष्मी विद्यापदक २०७८ विद्यार्थीहरुलाई प्रदान गरिएको छ ।
पोउवा संघको ६७ औं साधारणसभाको अवसरमा उत्कृष्ट विद्यार्थीहरुलाई सम्मान गरिएको हो । त्रिभुवन विश्वविद्यालयअन्तर्गत वाणिज्य शास्त्रतर्फ स्नातकोत्तर (एमबिएस) मा उत्कृष्ट अंक ल्याउने पृथ्वीनारायण क्याम्पसका अनिल पौडेल, स्नातक (बिबिएस) तर्फ उत्कृष्ट अंक ल्याउने कन्या क्याम्पस, पोखराकी ममता शाह तथा स्नातक (बिबिए) तर्फ उत्कृष्ट अंक ल्याउने पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा कलेज अफ म्यानेजमेण्ट (पीसीएम) की बिनु श्रेष्ठलाई नगद र पदकबाट सम्मानित गरिएको हो ।
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले उनीहरुलाई सम्मान गरे । अनिलले ५९.५० प्रतिशत, ममताले ७१.८० प्रतिशत र विनुले ३.९९ सिजिपिए ल्याउँदै पदक प्राप्त गरेका हुन् ।
अनिलले नगद २५ हजार तथा ममता र विनुले नगद १५-१५ हजार रुपैयाँसहित पदक तथा प्रमाणपत्र प्राप्त गरेको प्रतिभा छनौट समितिका संयोजक तीर्थ श्रेष्ठले जानकारी दिए । लक्ष्मी हाउसका निर्देशक सुनिल श्रेष्ठका अनुसार २०५६ सालबाट हरेक वर्ष उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मानित गरिँदै आइएको छ ।
सम्बन्धित खबर
जनशक्ति अभावले प्रदेश अस्पताल स्याङ्जाको सेवा प्रभावित
स्याङ्जामा सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि र्याली
फेदीखोलामा वृक्षारोपणसँगै बालबालिकाको स्वास्थ्य परीक्षण
स्याङ्जामा बेवारिसे एकनाले भरुवा बन्दुक फेला
फेदीखोलामा राष्ट्रिय कोदो दिवस, स्थानीय परिकार र खेती प्रवर्द्धनमा जोड
शिक्षकको जागिर छाडेर २२० रोपनीमा कागती खेती
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो