राम बहादुर रोकाहा, स्याङ्जा । वालिङ नगरपालिका वडा नं. १० स्थित मोदीखोलामा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । ग १ ज ४९१८ नम्बरको जीप दुर्घटनामा परेको हो । दुर्घटनामा परी १७ जना घाइते भएका छन् ।
दुर्घटनामा परी गल्याङ नगरपालिका १० बस्ने ७७ वर्षीय दल बहादुर पल्ली र ३२ वर्षीय गङ्गा पल्लीको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
आज आइतबार साँझ ६ः५० बजेको समयमा वालिङ स्थित मोदीखोलाको भित्री सडकखण्डमा लाखुडाँडा जाने क्रममा उकालोमा अचानक ब्रेक फेल हुँदा अनियन्त्रित भई जीप सडकबाट अन्दाजी ५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।
जीपमा सवार १९ जना यात्रु मध्ये १७ जना घाइते भएका हुन् । तीन जनाको अवस्था गम्भीर र १३ जनाको मध्यम रहेको छ । जीप चालकलाई सामान्य चोट लागेको छ । चालक गल्याङ नगरपालिका–१० बस्ने ३१ वर्षीय रुद्र बहादुर थापा हुन् ।
गम्भीर घाइते हुनेहरुमा गल्याङ नगरपालिका –१० बस्ने २६ महिनाका बालक अर्चल बि.क., ४ वर्षीया बालिका करिश्मा थापा र ५५ वर्षीय लिला कुमारी पल्ली रहेको प्रहरीले बताएको छ ।
प्राथमिक उपचार केन्द्रमा रहेका अन्य घाइतेहरुमा गल्याङ नगरपालिका–१० बस्ने ५५ वर्षीय राम बहादुर पल्ली, ३ वर्षीय किरण पल्ली, २४ वर्षीया तिर्सना बि.क., २२ वर्षीय विष्णु थापा, २७ वर्षीय अर्जुन थापा , ६० वर्षीया हुमा पल्ली, ५६ वर्षीया रिता गाहा, २ वर्षीय एन्जल गाहा, २२ वर्षीया पुष्पा पल्ली, ४५ वर्षीया भिम कुमारी पल्ली, ३ वर्षीया एमना पल्ली, २४ वर्षीया सपना थापा र २ वर्षीय नवीन थापा रहेका छन् ।
प्राथमिक स्वास्थ्य केन्द्रमा प्राथमिक उपचार पछि करिश्मा थापा, अर्चल बि.क., विष्णु थापा, अर्जुन थापा, लिला कुमारी पल्ली र पुष्पा पल्लीलाई थप उपचारका लागि मणिपाल अस्पताल, पोखरा रिफर गरिएको छ ।
जीप चालकलाई नियन्त्रणमा लिई घटना सम्बन्धी थप अनुसन्धान कार्य अगाडि बढाइएको डिएसपी अधिकारीले बताए ।
सम्बन्धित खबर
दमौलीबाट पोखरा आउँदै गरेको बस रुपामा दुर्घटना, एक घाइते
ग्राहकलाई कुट्ने दोहोरी साँझका साहुजी पक्राउ
पोखरा–मुग्लिन सडक विस्तारः १३ पुल सम्पन्न, ११ बन्दै
सानिमा बैंकका ग्राहकलाई मणिपालमा छुट
सहारा बाल आधारभूत विद्यालयलाई स्मार्ट टिभी सहयाेग
स्याङ्जा जिल्ला अस्पतालमा बाल विशेषज्ञसहित सेवा सुरू
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग