पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले राजनीतिक परिवर्तनसँगै परम्परागत मूल्य, मान्यता, संस्कार र पर्वहरुलाई समयानुकुल बनाउनुपर्ने बताएका छन् ।
विजयादशमी÷बडादशैं २०७८ का अवसरमा मंगलबार शुभकामना सन्देश जारी गर्दै उनले हाम्रा मौलिक पर्वहरुभित्र रहेका सकारात्मक र मानवीय जीवनको प्रगति र विकासका लागि मूल्यवान् संस्कार र प्रवृत्तिहरुको संरक्षण गर्नुका साथै समायानुकुल बनाउनुपर्ने उल्लेख गरेका हुन् । उनले भनेका छन्, ‘यसले हाम्रा मूल्य, मान्यता र संस्कारहरुलाई थप बलियो र जीवनमूखी बनाउन सक्नेमा म विश्वस्त छु ।’
नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक एवं बहुधार्मिक विविधताले भरिपूर्ण सुन्दर र राष्ट्र हो भन्दै मुख्यमन्त्री पोखरेलले विविधतायुक्त विशेषताहरु बीचको एकता हाम्रो मौलिक आयाम रहेको उल्लेख गरेका छन् । ‘सबै जाति, भाषा, संस्कृति र सभ्यताहरुको संरक्षण र विकास गर्नु हाम्रो दायित्व पनि हो ।’ दसैं लगायतका हाम्रा सांस्कृतिक पर्वहरुले नेपाली समाज र मानव जीवनमा भातृत्व, भावनात्मक एकता र राष्ट्रिय गौरवका निम्ति विशिष्ट योगदान पु¥याउँदै आएको उनको भनाइ छ । यसलाई विकसित तुल्याएर राष्ट्रिय एकता हासिल गर्दै समृद्धि र सामाजिक परिवर्तनलाई संस्थागत गर्नु आजको हाम्रो कार्यभार रहेको मुख्यमन्त्री पोखरेलले जारी गरेको शुभकामना सन्देशमा उल्ल्ेख छ ।
बडादशैं २०७८ लाई आपसी सद्भाव, भाइचारा र मित्रवत् सम्बन्ध विकास गर्ने अवसरका रुपमा मनाउन म सम्पूर्ण प्रदेशवासी र नेपालीहरुमा उनले अनुरोध गरेका छन् ।
विश्वव्यापीरुपमा फैलिएको कोभिड १९ को खतरा अझै कायमै रहेकाले नेपाल सरकारले जारी गरेको चाडपर्व तथा उत्सव मनाउँदा पालना गर्नुपर्ने मापदण्ड पूर्णरुपमा अपनाएर खुसियाली साट्न उनले हार्दिक अपिल गरेका छन् ।
सम्बन्धित खबर
बुबाले रोपेको कफीमा छोराको प्रिमियम सपना
स्याङ्जाको मालुङ्गा सडकखण्डमा ढलेको रुख हटाइयो
वर्षाका कारण कांग्रेस स्याङ्जाको क्षेत्रीय अधिवेशन स्थगित
नेपाली कांग्रेसको १५औँ महाधिवेशन: स्याङ्जाका ११ वटै पालिकामा कांग्रेसको नेतृत्व चयन
स्याङ्जामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते
स्याङ्जाको चापाकोट नगरपालिकाका विद्यालयमा एक दिन बिदा
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
बाबुको विरासत, आफ्नै पहिचान, राजनीतिमा युवा नेतृत्वः किरण केसी
स्याङ्जामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै