पोखरा । जापानका बिभिन्न ठाउँमा कार्यरत नेपाली युवाहरुले संकलन गरेको रकमबाट आज एक कार्यक्रमका बिच बिपन्न परिवारको लागि सहयोग सामाग्री वितरण गरिएको छ ।
‘कास्की सामाजिक अभियान जापान’ मार्फत संकलित रकमबाट ३ दर्जन बढी बिपन्न परिवारका लागि सामाग्री वितरण गरिएको हो । दशै मनाउन नसक्ने, आर्थिक अवस्था कमजोर भएका परिवारका लागि खसीको मासु सहित चामल, दाल, तेल, नुन लगायतका सामाग्री वितरण गरिएको छ ।

पोखरा महानगरपालिकाका २४ देखी ३३ सम्मका वडाका ३८ बिपन्न परिवारलाई गण्डकी टेलिभिजनका संचारकर्मी अपिल त्रिपाठी मार्फत सामाग्री हस्तान्तरण गरिएको थियो । प्रत्येक वडाका वडाध्यक्षसँग परामर्श तथा समन्वय गरी बिपन्न परिवार छनौट गरी राहत सामाग्री वितरण गरिएको त्रिपाठीले जानकारी दिए ।
‘कास्की सामाजिक अभियान जापान’ले यस अघि कोरोना महामारीको समयमा अक्सिजन सिलिण्डरको व्यवथापनको लागि रकम संकलन गरेको थियो । तर, त्यतिबेला अक्सिजनको समस्या नरहेको भन्ने जानकारी बिभिन्न अस्पतालहरुबाट आएपछि सो रकम खर्च भएको थिएन । सोही संकलित रकमबाट आज सहयोग सामाग्री हस्तान्तरण गरिएको त्रिपाठीले जानकारी दिए ।
सम्बन्धित खबर
कृषि एम्बुलेन्स पाएपछि वालिङका किसानलाई राहत
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो