युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल)ले एन्टिबडी जाँच सुरु गरेको छ । गण्डकी प्रदेशकै पहिलो र अग्रणी रेफरेन्स ल्याब युआरएलले मुख्य कार्यालय सभागृहचोक, शाखा कार्यालय हस्पिटलचोकसहित युआरएल दमौली, दुलगौैंडा, लमजुङको बेशीसहर र स्याङ्जाको वालिङमा जाँच गरिने जनाएको छ ।
यो जाँचबाट कोभिड १९ को खोप लगाएपछि शरीरमा प्रतिरक्षा गर्ने शक्ति (एन्टिबडी)को अवस्था थाहा हुने युआरएल अध्यक्ष ठाकुरप्रसाद पन्तले जानकारी दिए । संसारकै सर्वाेत्कृष्ट इक्लिया प्रविधिमार्फत् कोबास इ ४११ मेसिनबाट एन्टिबडी जाँच हुँदा यसकै लागि राजधानी जानुपर्ने झन्झट सकिएको बताए ।
कोभिड १९ खोप लगाएको १५ देखि ९० दिनभित्र यो जाँच गर्नु उपयुक्त हुने उनको भनाइ छ । यसको परीक्षणको रिपोर्ट स्याम्पल दिएको १ घन्टामै तयार हुनेछ । अध्यक्ष पन्तले सेवाग्राहीको आवश्यकता अनुसारका अति संवेदनशील जाँचहरु पोखरामै उपलब्ध गराएर प्रदेशलाई रक्तजाँचमा आत्मनिर्भर बनाउन लागेको उल्लेख गरे ।
स्वास्थ्य शिविर, निशुल्क जाँच लगायतका स्किम ल्याएर सर्वसाधारणलाई सेवा दिइरहेको युआरएलले कात्तिक महिनाभर मधुमेहको जाँच सित्तैमा र होलबडीसहित सबै प्रकारका जाँचमा ३० प्रतिशत छुट दिइरहेको छ ।
सम्बन्धित खबर
सडकको नालीमा बेवारिसे भरुवा बन्दुक फेला
दोहोरो नागरिकता प्रकरणमा पक्राउ परेका दिदी–भाइ धरौटीमा रिहा
स्याङ्जाका ९७ वडामध्ये ९६ मा कांग्रेस नेतृत्व निर्विरोध
विदेशसम्म पुग्न थाले चापाकोटका काठे ठेकी
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
अर्जुनचौपारी स्वास्थ्य चौकी लगातार दोस्रोपटक जिल्लामै उत्कृष्ट
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
माथिल्लो त्रिशूली-१ आयोजनाको टनेलबाट ६ शव निकालियो