काठमाडौँ । नेपाली कांग्रेसले सातौँ पटक महाधिवेशन कार्यतालिका संशोधन गरेको छ ।
पार्टीको केन्द्रीय निर्वाचन समितिको हिजोको बैठकले महाधिवेशन अन्तर्गतका प्रक्रिया छठपछि सुरु हुने गरी कार्यतालिका तयार पारेको हो । यसबारे आज निर्णय गरेर कार्यतालिका सार्वजनिक गर्ने निर्वाचन समितिको तयारी छ ।
तयारी भएको कार्यतालिकाअनुसार यसअघि रोकिएको अधिवेशन प्रक्रिया आउँदो २७ गतेदेखि सुरु गर्ने र केन्द्रीय महाधिवेशन मङ्सिर २७ गतेदेखि २९ गतेसम्म गर्ने उल्लेख गरिएको छ ।
पार्टीको केन्द्रीय निर्वाचन समितिको बैठकले महाधिवेशनको नयाँ मितिसँगै निर्धारित समयमा हुन नसकेको बाँकी अधिवेशनको कार्यतालिका पनि तय गरेको समिति संयोजक महादेवप्रसाद यादवले जानकारी दिए । यसैगरी जिल्ला अधिवेशन हुन बाँकी जिल्लाको अधिवेशन मङ्सिर १० गते तथा प्रदेश अधिवेशन मङ्सिर १६ र १७ गते गर्ने तय गरिएको उनले बताए ।
कांग्रेसले यसअघि महाधिवेशन मिति मङ्सिर ९ देखि १३ गतेसम्म निर्धारण गरिएको थियो ।
पार्टीले गएको भदौ १८ गतेदेखि वडा अधिवेशन सुरु गरेकोमा अहिलेसम्म १३ हिमाली जिल्लामा जिल्ला अधिवेशन सम्पन्न गरिसकेको छ । ५१ जिल्लामा स्थानीय तहसम्म अधिवेशन भएको छ । तर १३ जिल्लामा भने वडा अधिवेशन नै भएको छैन ।
सम्बन्धित खबर
अर्थमन्त्रीको बोलीमा ‘दुई तिहाइ’ को दम्भ
परराष्ट्रमन्त्री खनाल आइतबार चीन जाँदै, भारत भ्रमणमा जस्तो सीमाबारे चुप नबस्न ओलीको सुझाव
आफूमाथि प्रश्न गर्ने सांसदलाई अर्थमन्त्रीको चेतावनी- तपाईंहरूका काण्ड पनि खुल्नेछन्
एमाले अध्यक्ष ओली अस्पताल भर्ना
बालेननिकट नेतासँग कोशी प्रदेश सभापतिमा हारेपछि सरिनले छाडिन् रास्वपा
घर भत्काइएका सुकुम्बासीसँग गृहमन्त्री सुधनले माफी मागे
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ