काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री हुँदा करोडौँको सामान प्रयोग गरेको भन्ने भनाइप्रति खण्डन गरेका छन् ।
शुक्रबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनमा आयोजित कार्यक्रममा ओली प्रधानमन्त्री हुँदा बालुवाटारमा करोडौँको सामान खरिद भएको बताएका थिए ।
उनले भनेका थिए, ‘बालुवाटारमा प्रधानमन्त्री निवास दरबारजस्तो बन्दैछ । हामीलाई त अहिले थाहा भयो केपी ओलीले त त्यो दरबार जिन्दगीभरि छोड्नु पर्दैन भनेर थाइल्याण्ड, इटलीबाट महँगो सामान ल्याएर राखेका रहेछन् ।’ तर एमाले अध्यक्ष ओलीले त्यसको खण्डन गरे ।
शनिबार सिन्धुपाल्चोक काठमाडौँ सम्पर्क मञ्चले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा ओलीले यो विरोधीहरुले लगाएको आरोप मात्र भएको बताए ।
‘मेरो भान्सामा त भाँडाकुँडा पनि आफ्नै हुन्थे । आफ्नै घरबाट लगेको हुन्थे, के को किन्नु ?’अघि भने, ‘प्रधानमन्त्री निवासमा सेना पनि बस्छ, उसलाई खाना खानुप¥यो होला। भाँडाकुँडा चाहियो होला। मेरो श्रीमतीले पकाएको खाना खाएर बस्ने मलाई किन करोडौंको भाँडाकुँडा चाहियो? ‘थोरै भात र एउटा रोटी खाएर बस्ने मलाई करोडौँको भाँडाकुँडा किन चाहियो?’ ओलीले भने ।
सम्बन्धित खबर
बाढीपीडितका लागि कर्मचारीको तलबबाट ३६ करोड योगदान गरिने, बिदामा पनि काम गर्नुपर्ने
प्रधानमन्त्री र भौतिकमन्त्री बाढी प्रभावित क्षेत्र नुवाकोट पुगे
गण्डकी सरकारबाट एमाले बाहिरियो, ४ मन्त्रीले बुझाए राजीनामा
सात कारण दिँदै भारतीय मिडियाले लेख्यो– १५० दिनमै जेन–जी नायकबाट ‘खलनायक’ बन्दै बालेन
गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
सभामुखको रूलिङ विपरित प्रधानमन्त्री बालेन कालो चस्मा लगाएरै संसद बैठकमा जाने
यो पनि पढौँ
पोखराको मुख्यबजार क्षेत्रमै नालीमा बगे आमाछोरी
प्रार्थनाकै समयमा १६ सय ५० विद्यार्थी पढ्ने त्रिभुवन त्रिशुली मावि बगायो
प्रधानमन्त्री बालेनको भिडियो पत्रकारले खिच्दा सेनाले गर्यो डिलिट
गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो