पिसाब गर्न सडक छेउ जाने क्रममा ढिकबाट लडेर महिलाको मृत्यु

पिसाब गर्न सडक छेउ जाने क्रममा ढिकबाट लडेर महिलाको मृत्यु

death-ladera-

नवलपुर। कारबाट ओर्लिएर पिसाब गर्न जाने क्रममा सडकको ढिकबाट लडेर भारतीय महिलाको मृत्यु भएको छ।

सोमबार दिउँसो अन्दाजी १ :२५ बजेको समयमा नवलपुर जिल्लाको विनयत्रिवेणी गाउँपालिका वडा नं -२ दाउन्ने स्थित पश्चिमतर्फ जाँदै गरेको भारतीय नंवरको (UP76SL 2510) कारमा सवार महिलाको सडक छेउको ढिकबाट लडेर मृत्यु भएको हो।

मृत्यु हुनेमा भारत उत्तर प्रदेशकी २७ वर्षीया शान्ती श्री रहेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ। उक्त कारमा ५ जना सवार थिए।

प्रहरीका अनुसार ढिकबाट अन्दाजी १०० मिटर तल खसेर गम्भीर घाइते भएकी उनलाई तत्काल उपचारका लागि मध्यविन्दु जिल्ला अस्पताल डण्डा लगिएकोमा उपचारका क्रममा मृत्यु भएको हो।

घटनाको जानकारी पश्चात पुगेको प्रहरीको टोलीले घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान शुरु गरिरहेको जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ