गण्डक न्यूजमा यहाँलाई हार्दिक स्वागत छ ।
गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
कास्की प्रहरीले ठूलो मात्रामा लागु औषधसहित एक युवकलाई पक्राउ गरेको छ।
ईलाका प्रहरी कार्यालय शिसुवा र वडा प्रहरी कार्यालय गगनगौडाबाट खटिएको संयुक्त प्रहरीको टोलीले पोखरा महानगरपालिका -३० पावरहाउसबाट ठूलो मात्रामा लागु औषधसहित युवकलाई पक्राउ गरेको हो।
कास्कीका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता सुवास हमालका अनुसार पावरहाउसमा सवारी चेकजाँच गर्ने क्रममा म्याग्दी जिल्ला मालिका गाउँपालिका वडा नं -४ ओखरबोट स्थायी घर भइ हाल बेनी नगरपालिका -८ क्याम्पस चोक बस्दै आएका २२ वर्षीय गौरव बुढा डाईजापाम -१२६ एम्पुल, नुर्फिन -१२६ एम्पुल र फेनेरागन -१२६ एम्पुल गरी जम्मा ३७८ एम्पुल लागु औषधसहित पक्राउ परेका हुन्।
पक्राउ परेका उनको साथबाट प्रहरीले एक थान मोवाइल समेत नियन्त्रणमा लिएर लागु औषध मुद्धामा जिल्ला अदालत कास्कीबाट १० दिनको म्याद थपको अनुमति लिई अनुसन्धान कार्य अगाडि बढाएको प्रवक्ता हमालले जानकारी दिए।
सम्बन्धित खबर
द्वितीय युद्धकालीन उपन्यास ‘खोजीमा’ पोखरा आइपुग्यो
पोखरामा धुवाँको कालो मुस्लो फ्याँक्ने ११ गाडी नियन्त्रण
गण्डकीका मुख्यमन्त्री अधिकारीको २३ गते विश्वासको मत लिने तयारी
सूर्य दर्शन सहकारीका दुई जनालाई थुनामै राख्ने आदेश सदर
पोखराको बिजुली पसल गोदाममा आगलागी हुँदा ८० लाख बढीको क्षति
पोखरामा छोरीसँग झगडा गरेको भन्दै युवतीमाथि हतियार प्रहार गर्ने स्याङ्जाका सोम प्रकाउ
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग