बागलुङ समाज पोखराले बुधबार आयोजना गरेको खुला रक्तदानमा ३५ युनिट रगत संकलन भएको छ । कोभिड १९ संक्रमणका कारण रक्तदान हुने कार्यतालिका प्रभावित हुँदा रगत अभाव भएकाले समाजले रक्तदान गरेको हो ।
समाज आयोजना गरेको रक्तदान शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले ब्लड ब्याग हस्तान्तरण गरी कार्यक्रमको सुरुआत गरे । बागलुङकै बासिन्दा पौडेलले सामाजिक तहबाट यस खालका कार्यक्रम हुनु प्रशंसनीय भएको उल्लेख गरे । उनले समाजवादको यात्रासम्म पुग्न समाज र व्यक्तिहरु सचेत, जिम्मेवार र उत्तरदायी हुनुपर्ने उल्लेख गरे ।
गण्डकी प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मणिभद्र शर्मा र भूमि व्यवस्था, कृषि, सहकारी तथा गरिबी निवारण मन्त्री चन्द्रबहादुर बुढाले रक्तदान, विपद्मा परेका जिल्लावासीलाई सहयोग जस्ता कार्यक्रम गरी बागलुङ समाज पोखरामा बस्ने बागलुङेको साथी बनेको उल्लेख गरे ।
समाजका अध्यक्ष सुनील पाण्डेले रगत विकल्प रगतमात्रै हुने भएकाले रक्तदान आयोजना गरिएको बताए । पोखरामा रहेका सबै बागलुङेको सुखदुःखको साथी बन्दै संस्थाले सामाजिक उत्तरदायित्व बहन गरी विभिन्न कार्यक्रम गर्दै आएको उनले उल्लेख गरे ।
सम्बन्धित खबर
अपिहिमाल र अर्जुनचौपारीबीच विकास साझेदारी : पाँच वर्षीय भगिनी सम्बन्ध सम्झौता
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’