पोखरा । देशको सबैभन्दा ठूलो पार्टी नेकपा (एमाले) निकट विद्यार्थीहरुको संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) गण्डकी प्रदेश कमिटिको पूर्ण बैठकले विभिन्न ११ वटा निर्णय गरेको छ ।
सबै विद्यार्थीहरुको शिक्षा र स्वास्थ्य पूर्ण रुपमा राज्यको जिम्मेवारीमा ल्याउन शिक्षा र स्वास्थ्य बीमाका लागि सम्बन्धित सरोकारवालाको ध्यानाकर्षण गराउने यो कमिटिको पहिलो निर्णय हो । यस्तै, विपत्तिमा सहारा, सबै खाले विभेदमा विद्रोह, विकृति, विसंगतिका विरुद्धमा म अखिल कार्यक्रम सबै जिल्लामा स्वयंसेवी अभियानका रुपमा सञ्चालन गर्ने निर्णय पनि बैठकले गरेको छ ।
अनेरास्ववियू गण्डकीले विद्यार्थीहरुलाई पूर्ण खोपको व्यवस्था गर्न ध्यानाकर्षण गराउनुका साथै रचनात्मक कार्यहरुमा जोड दिएको छ । शिक्षा, स्वास्थ्य क्षेत्रमा देखिएको विकृति विसंगति विरुद्धको अभियानलाई पनि प्राथमिकता दिइएको छ ।
प्रदेश कमिटिका संयोजक प्रकाश पौडेलको अध्यक्षतामा बसेको बैठकको निर्णयहरु निम्नानुसार छन् ।

बैठकको प्रमुख अतिथिमा एमाले केन्द्रिय कमिटि सदस्य एवं सांसद खगराज अधिकारीका साथै संगठनका केन्द्रिय अध्यक्ष सुनिता बराल, निवर्तमान उपाध्यक्ष रश्मी आचार्य, पूर्व अध्यक्ष किशोर विक्रम मल्लको विशेष आतिथ्यता रहेको थियो । नेताहरुले संगठनले गर्नुपर्ने दायित्वका बारेमा स्मरण गराउँदै अनेरास्ववियुको विरासतका बारेमा प्रकाश पारेका थिए । बैठकमा केन्द्रिय कमिटि सचिव जुन तामाङ, प्रदेश इञ्चार्ज एवं सचिव सुजन भट्टराई, सचिव खेम मरासिनी, स्थायी कमिटि सदस्य अर्जुन अधिकारी लगायतको उपस्थिति रहेको थियो ।
बैठकपछि अनेरास्ववियु गण्डकीले एक प्रेस विज्ञप्ति जारी गर्दै विद्यार्थीहरुलाई अनेरास्ववियुमा आबद्ध हुन अपिल पनि गरेको छ । सरकारलाई जनताको जनजीवीकाको पक्षमा लाग्न ध्यानाकर्षण गराउँदै मानव विरोधी क्रियाकलाप विरुद्ध भण्डाफोरको आह्वान पनि गरेको छ ।



सम्बन्धित खबर
स्याङ्जामा आर्थिक गणनाको आधार तयार, नयाँ कार्यालयबाट तथ्यांक संकलन सुरु
ग्रामीण सडकमा ट्राफिक सचेतना अभियान सुरु, दुर्घटना घटाउने लक्ष्य
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ सेवा एकै ठाउँमा
गण्डकी प्रदेश सभाको अधिवेशन चैत ८ गते आह्वान
६ वर्षको सजाय बाँकी रहेका फरार कसूरदार पक्राउ
भीरकोटमा बालमैत्री दिवस : उत्कृष्ट शिक्षक र विद्यार्थी सम्मानित
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह