पश्चिमाञ्चल होटल संघ पोखराले तिहारका अवसरमा आयोजना गर्दै आएको भाइटिका महोत्सवमा यसपटक २० विदेशी नागरिकले टिका ग्रहण गरेका छन् । कोभिड–१९ को कारण दुई बर्षदेखि रोकिएको महोत्सवले यसपटक चौधौं संस्करणको रुपमा पुनः निरन्तरता पाएको हो ।
पोखराको लेकसाइड स्थित मम्स गार्डेन रिसोर्टमा आयोजित कार्यक्रममा रेन्वो चिल्ड्रन होमका छात्राहरुले विदेशी पर्यटकलाई टिका लगाइदिएका थिए । तिहारको अन्तिम दिन भाइटिकाका अवसरमा आयोजित महोत्सवमा विदेशी नागरिकले उत्साहपूर्वक सहभागिता जनाएको आयोजक संघका अध्यक्ष लक्ष्मण सुबेदीले जानकारी दिए । नेपाली संस्कृतिको संरक्षण गर्दै यसैका माध्यमबाट पोखराको प्रबद्र्धनमा सघाउने उद्धेश्यले भाइटिका कार्यक्रम आयोजना गरिएको अध्यक्ष सुबेदीले जानकारी सुनाए ।
कार्यक्रममा चीन, रसिया, जर्मनी, फ्रान्स, कम्बोडिया र बेलारुसका पर्यटक सहभागी भएको कार्यक्रम संयोजक एवं संघका प्रथम उपाध्यक्ष दीपक श्रेष्ठले जानकारी दिए । महोत्सवमा टिका ग्रहण गर्न कतिपय विदेशी नागरिक दोहोर्याएर समेत सहभागी भएको उनले बताए ।
विदेशी नागरिकलाई टिका लगाइदिएपछि उनीहरुलाई सयपत्री पूmलको माला, टोपी र सेलरोटी लगायतका परिकार छात्राहरुले पस्किएका थिए । सो अवसरमा देउसी भैलो तथा सांस्कृतिक कार्यक्रम समेत आयोजना गरिएको थियो । कार्यक्रम सुरु गर्दै संघका महासचिव राजेन्द्र ढकालले तिहार र भाइटिकाको महत्वबारे विदेशी नागरिकलाई जानकारी गराएका थिए ।
सम्बन्धित खबर
सडकको नालीमा बेवारिसे भरुवा बन्दुक फेला
दोहोरो नागरिकता प्रकरणमा पक्राउ परेका दिदी–भाइ धरौटीमा रिहा
स्याङ्जाका ९७ वडामध्ये ९६ मा कांग्रेस नेतृत्व निर्विरोध
विदेशसम्म पुग्न थाले चापाकोटका काठे ठेकी
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
अर्जुनचौपारी स्वास्थ्य चौकी लगातार दोस्रोपटक जिल्लामै उत्कृष्ट
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन