देशकै ठूलो क्याम्पस पृथ्वीनारायण क्याम्पस, पोखरामा नेकपा एकीकृत समाजवादी समर्थित अनेरास्ववियूले पेट्रोलियम पद्धार्थमा गरेको चर्को मूल्य वृद्धिको बिरोधमा सुनरुपी ‘काउली’ देखाई बिरोध प्रदर्शन गरेको छ ।
पेट्रोलियम पदार्थ, खाने तेल, ग्याँस सिलिन्डर लगाएत दैनिक उपभोग्य सामाग्रीको मूल्यमा आएको वृद्धिले गाउँगाउँबाट आएका विद्यार्थी लगाएत सर्वसाधारण जनतालाई जीवन धान्न मुस्किल हुने भन्दै अनेरास्ववियूले आन्दोलन गरेको हो ।
पृथ्वीनारायण क्याम्पसको गेटमा चक्काजाम गरी अरुलाई सास्ती दिनु भन्दा सांकेतिक विरोध गर्नु आवश्यक ठान्दै सुन जस्तै देखिने रंग लगाएको काउली हातमा लिएर बिरोध गरेको संयोजक सन्तोष न्यौपानेले बताए ।
कार्यक्रममा बोल्दै सचिव रशिक न्यौपानेले सर्वसाधारण जनतालाई परेको सास्ती गठबन्धनको सरकारले बुझ्नु पर्ने र जनताको मागको सुनुवाइ गर्दै मूल्य घटाएर जनविश्वास जित्नु पर्ने धारणा राखे ।
केन्द्रीय उपमहासचिव राजन शर्मा पराजुलि, केन्द्रिय सचिवालय सदस्य तथा जिल्ला अध्यक्ष बज्रराज अधिकारी, सचिवालय सदस्य रशिका भण्डारी, सुर्यदेव लामिछाने उपस्थित भएको कार्यक्रममा बोल्दै स्थायी कमिटी सदस्य सन्तोष न्यौपानेले अनेरास्ववियूलाई को सरकारमा छ मतलब नहुने भन्दै आफूहरु जनताको आवाज निरन्तर बुलन्द गर्ने र सुनुवाई नहुँदासम्म आन्दोलन नरोक्ने समेत बताए । साथै, प्रतिगमनकारी केपी ओलीको सरकार ढाल्ने सामर्थ्य भएको विद्यार्थी आन्दोलनले जनताको आवाज बोलिरहेको र यदि सुनुवार्इ भएन भने यो सरकार विरुद्ध समेत सशक्त आन्दोलन गर्ने चेतावनी समेत दिए ।
पेट्रोलियम पद्धार्थ र सिलिन्डर ग्याँसको मूल्य वृद्धिले विद्यार्थी संगठनहरु आन्दोलित भएका छन । अन्तर्राष्ट्रिय संयोजनको नाम दिएर मूल्य वृद्धि गरिएता पनि अन्तर्राष्ट्रिय बजारमा कुनै परिवर्तन नहुँदै नेपालमा भने मूल्य ह्वात्तै बढेको भनेर संगठनहरु आन्दोलनमा छन् । प्रतिपक्षी नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले पनि विहीबार पुत्ला दहन गरी विरोध गरेको थियो ।
सम्बन्धित खबर
स्याङ्जामा लागूऔषधसहित दुईजना पक्राउ
राजमार्गमा भेटिएको सुनसहितको झोला फिर्ता गर्ने ट्याक्सी चालकको प्रशंसा
स्याङ्जामा ‘मुनाल (बतासे प्रेम)’ लोकार्पण
स्याङ्जामा औलोको जोखिम न्यून, चार वर्षमा भेटिए पाँच संक्रमित
चट्याङ लागेर स्याङ्जामा एक जनाको मृत्यु
११ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार आरोपमा स्याङ्जाका एक पुरुष पक्राउ
यो पनि पढौँ
सरकारको उल्टो कदमः पहिले विद्यालयमा डोजर लगायो, ४ दिनपछि सहयोग गर्ने सूचना निकाल्यो
भारत नरकको ढोका हो: अमेरिकी राष्ट्रपति ट्रम्प
सरकारले हटायो काठमाडौं महानगरका अव्यवस्थित बस्ती
मालीमा विभिन्न ठाउँमा एकसाथ आक्रमण, रक्षामन्त्री कमारा मारिए