गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
मुस्ताङ । मुस्ताङको कोवाङमा निकै ठूलो हिम पहिरो गएको छ । आइतबार मध्याह्नतिर थासाङ गाउँपालिका वडा नम्बर २ को कोवाङमा धौलागिरी क्षेत्रको मानापाथी हिमालबाट हिम पहिरो खसेको हो ।
हिम पहिरोका कारण थासाङ गाउँपालिकाको वडा नम्बर २ को कोवाङ, लार्जुङ, नाउरिकोट, बोक्सी खोलालगायतमा बसोबास गरेका स्थानीयको भागदौड चलेको थियो । भाग दौडका क्रममा कोवाङमा अवस्थित जनआर्दश अमरसिंह माध्यमिक विद्यालयका शिक्षक, विद्यार्थी र स्थानीय गरी ७ जना घाइते भएको विद्यालयका निमित्त प्रधानाध्यापक खेम गुरुङले जानकारी दिए । घाइतेहरुको जोमसोम अस्पतालमा उपचार भइरहेको छ ।
उनका अनुसार अहिले विद्यार्थी र शिक्षकलगायतलाई सुरक्षित स्थानमा स्थान्तरण गरिएको छ । यस्तै, हिम पहिरो खसेका कारण बेनी–जोमसोम सडक यातायात समेत अवरुद्ध भएको थियो । हिमपहिरोपछि मानापाथी र टुक्चेपीक हिमालबाट झर्ने बोक्सी खोलामा पानीको बहाव बढेको छ । अहिले सो क्षेत्रमा तीब्र गतिमा हावा चलेको बताइएको छ ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङले अहिले हिम पहिरो रोकिएको र कोवाङ प्रहरी चौकीका इञ्चार्ज नेत्र जिटीसहितको ६ जनाको प्रहरी टोली घटनास्थल अवलोकन गर्न पुगेको जनाएको छ ।
प्रहरीका अनुसार थासाङ–२ को हिम पहिरो जोखिम क्षेत्रका घरधुरीलाई सुरक्षित स्थानमा स्थान्तरण गर्ने तयारी भइरहेको जनाइएको छ ।
गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युबलगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।
सम्बन्धित खबर
अकबरे खुर्सानीमार्फत बाँझो जमिनलाई आम्दानीसँग जोड्दै भीरकोट
रास्वपा गण्डकीको सभापतिमा त्रिपाठी निर्वाचित
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ
एमाले अध्यक्ष ओली अस्पताल भर्ना