पोखरा । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले गण्डकी प्रदेशको प्रमुख सरकारी अस्पताल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा तत्काल सिटी स्क्यान सेवा सञ्चालन गर्न माग गरेको छ ।
अनेरास्ववियु गण्डकी प्रदेश कमिटीले आज गण्डकी क्षेत्रीय अस्पतालको समग्र सुधार र सिटि स्क्यान लगायत महत्वपूर्ण स्वास्थ्य जाँच सामाग्रीहरुको तत्काल व्यवस्थापन गर्न माग गरेको हो
अनेरास्ववियू गण्डकी प्रदेशका संयोजक प्रकाश पौडेलको संयोजकत्वमा विद्यार्थीहरुले अस्पतालको तालुक निकाय पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. डुकबहादुर क्षेत्रीलाई ज्ञापन पत्र बुझाउँदै उक्त माग गरेका हुन् । सो अवसरमा स्थायी कमिटी सदस्य अर्जुन अधिकारी, प्रदेश सचिव आरके पोख्रेल, सचिवालय सदस्य अन्जली लम्साल, प्रतीक्षा पौडेलको उपस्थिति थियो ।
क्षेत्रीय अस्पतालमा ७ वर्षदेखि सिटी स्क्यान सेवा बन्द छ । करोडौंको मेसिन बिग्रेको भन्दै थन्काइएको छ । तत्कालिन मेडिकल सुपरिटेन्डेन्ट श्रीकृष्ण श्रेष्ठको पालामा अस्पतालमा रहेको सिटी स्क्यान बिग्रिएको थियो । श्रेष्ठकै अवधिमा ७० लाख खर्चेर बनाएकोमा त्यो मेसिन १ वर्षपछि नै बिगारियो । त्यसपछि मेसिन बिग्रिएदेखि सञ्चालनमा आएको छैन । खत्रीपछि डा. अर्जुन आचार्य निर्देशक हुँदासमेत सिटी स्क्यान सञ्चालनमा आएन । सबैले खबरदारी गरिरहँदा पनि काम भएन । निम्न आर्थिक अवस्था भएकाहरु पुग्ने अस्पतालमा सिटी स्क्यान नहुँदा डाक्टरहरुकै लगानीमा बाहिर खोलिएका निजी अस्पताल जानुपर्छ । सेवाग्राही बढी रकम तिर्नुपर्ने बाध्यतामा छन् ।
प्रदेश संयोजक पौडेलले सिटी स्क्यानको अभावले निमुखा जनतालाई मार परेको र यसको व्यवस्थापन तत्काल गर्न माग गरेका छन् । अनेरास्ववियुले अस्पतालको समग्र व्यवस्थापन सेवा प्रवाह लगायतलाई आन्तरिक रुपमै सुक्ष्म रुपमा निरन्तर फलोअप गर्ने उनले जनाए ।
प्रतिष्ठानका उपकुलपति क्षेत्रीले खरिद कम्पनीले बढी कमिसन आउने चक्करमा मेसिन आउन ढिला भएको बताएको पौडेलले बताए । उनले अस्पतालमा सिटी स्क्यान मेसिन ल्याउन ढिला हुनुमा अस्पतालभित्रका डाक्टरहरु सहभागी भएको पनि बताएका छन् ।
ऐननियम प्रक्रियाका कारण नयाँ खरिद गर्दा जटिल भएको डा. क्षेत्रीले बताए । छिट्टै सिटी स्क्यान आउने ढुक्क हुन अनुरोध गरे ।

सम्बन्धित खबर
सडकको नालीमा बेवारिसे भरुवा बन्दुक फेला
दोहोरो नागरिकता प्रकरणमा पक्राउ परेका दिदी–भाइ धरौटीमा रिहा
स्याङ्जाका ९७ वडामध्ये ९६ मा कांग्रेस नेतृत्व निर्विरोध
विदेशसम्म पुग्न थाले चापाकोटका काठे ठेकी
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
अर्जुनचौपारी स्वास्थ्य चौकी लगातार दोस्रोपटक जिल्लामै उत्कृष्ट
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन