अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) गण्डकी प्रदेश कमिटिले निकै सक्रियतापूर्वक आफ्नो गतिविधिलाई अघि बढाएको छ । अखिलले गण्डकीबाट दुई स्वयंसेवी अभियान शुभारम्भ गरेको छ । जुन पहिलो पूर्ण बैठकले गरेको निर्णय हो ।
म अखिल र अखिल हेल्पलाईन अभियान सोमबारदेखि सुरु भएको अखिल गण्डकीका संयोजक प्रकाश पौडेलले जनाए । अनेरास्ववियु गण्डकी प्रदेशले बृहत विद्यार्थी भेला आयोजना गरी नेकपा एमाले स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेश संयोजक किरण गुरुङबाट यो अभियान सुरु गरेको हो ।
अनेरास्ववियुले विपत्तिमा सहारा, बिभेदमा बिद्रोह नाराका साथ प्रदेशव्यापी म अखिल अभियान प्रारम्भ गरेको छ । यसले विद्यालय विद्यालयमा विद्यार्थीहरुलाई अखिल आन्दोलनमा जोड्ने संयोजक पौडेलले बताए ।
नागरिक र विद्यार्थीको गुनासोलाई सम्बोधन गर्ने हेतु ह्वाटस एप्स र भाइबरमा ९८४६५७०१५६ नम्बर एक्टिभ बनाई अखिल हेल्पलाइन पनि प्रारम्भ गरेको हो ।

रचनात्मक अभियानले विद्यार्थी अखिलमा आकर्षित हुनेछन्ः गुरुङ
नेकपा एमाले स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेश संयोजक किरण गुरुङले विद्यार्थी लक्षित यस्ता रचनात्मक कार्यले विद्यार्थीहरु अखिल आन्दोलनमा समाहित हुन प्रेरित हुने बताए ।
उनले बिरोध, तोडफोड, आन्दोलनको समय अब होइन भन्दै अखिलले आफ्नो मर्म र भावना अनुसार गण्डकीबाट रचनात्मक अभियान सुरु गरेकोमा प्रशन्नता व्यक्त गरे ।
केन्द्रिय सदस्य तथा विद्यार्थी इन्चार्ज खिमलाल भट्टराई, पूर्व अध्यक्ष किशोर बिक्रम मल्ल, अनेरास्ववियुका वरिष्ठ उपाध्यक्ष आरसी लामिछाने, नेकपा एमाले पोखरा महानगर अध्यक्ष दिलिप न्यौपाने लगायतले अनेरास्ववियुको कदमको प्रशंसा गरेका थिए ।


सम्बन्धित खबर
कृषि एम्बुलेन्स पाएपछि वालिङका किसानलाई राहत
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो