पोखरा । गण्डकी प्रदेशको प्रमुख सचिव फेरिएका छन् । सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अतिरिक्त समूहमा रहेका सचिव रविलाल पन्थलाई गण्डकी प्रदेश प्रमुख सचिवको जिम्मेवारी दिएको छ । पन्थले बुधबारै पदभार ग्रहण गरेका छन् ।
प्रदेश प्रमुख सचिवको जिम्मेवारीमा रहेका डा. दामोदर रेग्मीको युवा तथा खेलकुद मन्त्रालयमा सरुवा भएको छ । एक साताअघि बसेको मन्त्रिपरिषद् बैठकले सरुवा र पदस्थापन गर्ने निर्णय गरे पनि उक्त निर्णय सार्वजनिक भएको थिएन । मंगलबार गण्डकी प्रदेशका प्रमुख सचिवलाई डा. रेग्मीको गण्डकी प्रदेश सरकारले औपचारिक विदाई गरेपछि उक्त निर्णय भएको सार्वजनिक भएको हो ।
गत असारमा बसेको मन्त्रिपरिषद् बैठकले रेग्मीलाई सहसचिवबाट सचिवमा बढुवा गरेर गण्डकी प्रदेशमा पदस्थापन गरेको थियो । गण्डकी प्रदेशको प्रमुख सचिवमा पदस्थापन भएका सचिव पन्थ एक महिनाअघि नै सहसचिवबाट सचिवमा बढुवा भएका थिए । तर उनलाई सरकारले पदस्थापन गर्न ढिला गर्दै आएको थियो । पन्थ बुधबार नै प्रदेशमा हाजिर भएका छन् । करिब दुई महिनादेखि युवा तथा खेलकुद मन्त्रालय सचिवविहीन भएको थियो । युवा तथा खेलकुद मन्त्रालयका तत्कालीन सचिव केदार न्यौपाने अनिवार्य अवकाशमा गएसँगै सो पद रिक्त भएको थियो ।
रेग्मीको मंगलबार बिदाइ गरिएको छ । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, सरकारका प्रवक्ता तथा मन्त्री कुमार खड्का, मन्त्री डोवाटे विकसहितको उपस्थितिमा उनको बिदाइ गरिएको हो ।
उनी असार २८ गते प्रमुख सचिवको जिम्मेवारीमा आएका थिए । विदाइ कार्यक्रममा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रमुख सचिवसँग करिव ५ महिना सँगै काम गर्दा निकै सहजताका साथ बितेको बताए । राजनीतिक नेतृत्वले लिएको लक्ष्यलाई कार्यान्वयनमा लैजान कर्मचारीतन्त्रबाट पूर्ण सहयोग अपेक्षा गरिने भन्दै डा. रेग्मीले यसमा केही कसर नराखी सहयोग गरेको बताए ।
उक्त अवसरमा मन्त्री कुमार खड्का र डोबाटे विश्वकर्माले यो अवधिमा डा. रेग्मीले सरकार सञ्चालनमा धेरै सहयोग गरेको सुनाए । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव रामप्रसाद आचार्य, शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयका सचिव विनोदबहादुर कुँवरले उक्त अवसरमा शुभकामना व्यक्त गरे ।
सम्बन्धित खबर
स्याङ्जामा आर्थिक गणनाको आधार तयार, नयाँ कार्यालयबाट तथ्यांक संकलन सुरु
ग्रामीण सडकमा ट्राफिक सचेतना अभियान सुरु, दुर्घटना घटाउने लक्ष्य
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ सेवा एकै ठाउँमा
गण्डकी प्रदेश सभाको अधिवेशन चैत ८ गते आह्वान
६ वर्षको सजाय बाँकी रहेका फरार कसूरदार पक्राउ
भीरकोटमा बालमैत्री दिवस : उत्कृष्ट शिक्षक र विद्यार्थी सम्मानित
यो पनि पढौँ
पूर्व मेयर थापाको निधनमा पोखरा महानगरले दियो शोक बिदा
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर