पोखरा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को चितवनमा यही १० देखि १२ गतेसम्म हुने १० औं महाधिवेशनलाई सफल पार्न अनेरास्ववियु गण्डकी प्रदेश कमिटीले पाँच हजार विद्यार्थी चितवन उतार्ने भएको छ ।
आइतबार पोखरामा सम्पन्न पदाधिकारी बैठकले पार्टीको महाधिवेशन उद्घाटन सत्रलाई सफल बनाउन विभिन्न निर्णयहरुसमेत गरेको छ ।
‘पार्टी महाधिवेशनमा गण्डकीका ११ वटै जिल्लाबाट व्यापकरुपमा अनेरास्ववियुका विद्यार्थी नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहने छ,’ सचिव अारके पाेखरेलले भने, ‘सोहीअनुसार पदाधिकारी बैठकले निर्णय गरिसकेको छ र सकुर्लर सम्बन्धित जिल्लाहरुमा पुगिसकेको छ ।’
बैठकले महाधिवेशनको पूर्वसन्ध्यामा पोखरामा तीन हजार पाँच सय मिटर दौड प्रतियोगितासमेत आयोजना गर्ने निर्णय गरेको छ । प्रथम हुनेले नगद पाँच हजार र प्रमाणपत्र, द्वितीयले तीन हजार र प्रमाणपत्र र तृतीयले दुई हजार र प्रमाणपत्र पाउनेछन् ।
प्रदेशका ११ वटै जिल्लाका जिल्ला अस्पतालहरुमा मंसिर ८ गते सरसफाई गर्ने कार्यक्रम तय बैठकको निर्णयले गरेको छ ।
प्रदेश कमिटीले यसअघि विद्यार्थीहरुमा सिर्जनशीलता विकास गर्न ‘विपत्तीमा सहारा, विभेदमा विद्रोह’ नारासहित ‘म अनेरास्ववियु’ कार्यक्रम सञ्चालन गरिरहेको छ । अखिल हेल्पलाइन समेत खुला गरेकाे छ ।
अध्यक्ष प्रकाश पौडेलले यस्ता कार्यक्रमले अनेरास्ववियुलाई समाजमा थप सशक्त र चलायमान बनाउने विश्वास लिएको बताए ।
सम्बन्धित खबर
विदेशसम्म पुग्न थाले चापाकोटका काठे ठेकी
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
अर्जुनचौपारी स्वास्थ्य चौकी लगातार दोस्रोपटक जिल्लामै उत्कृष्ट
तीन वर्षमा स्याङ्जाका दुई हजार ९१० जनाले लिए सुरक्षित गर्भपतन सेवा
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
यो पनि पढौँ
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन