जनकपुर । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सूर्यमा ग्रहण लागि सकेको दावी गरेका छन् ।
जनकपुरमा आज आयोजित पार्टी प्रवेश तथा पत्रकार सम्मेलनमा उनले नेकपा एमालेको सूर्यमा ग्रहण लागि सकेको भन्दै निर्वाचन पछि एमाले पत्तासाफ हुने दाबी गरे।
अध्यक्ष माधवकुमार नेपालले भने, ‘मैले भन्ने गरेको छु– अब सूर्यको धाक नदेखाए हुन्छ । त्यसमा ग्रहण लागिसकेको छ । अब कलम चम्किरहेको छ । सत्य र न्यायको सन्देश दिइरहेको छ ।’
एमालेले हिजो माओवादीसँग पार्टी एकता गरेपछि चुनाव जितेको भन्दै अब त्यसको ठिक उल्टो परिणाम आउने भएकाले केपी शर्मा ओली नेतृत्वको एमाले देशभरबाट बडारिने बताए । उनले एमालेको महाधिवेशन सकिनासाथ एमाले अध्यक्ष ओलीलाई बिचारा भन्नु पर्ने अवस्था आउने टिप्पणी गरे ।
उनले आफ्नो पार्टी लोकतन्त्र र जनताको अधिकार सहितको अभियानको साथ अगाडि बढी सकेको बताए । ओलीको दम्भका कारण एमालेको यस्तो हालत भएको भन्दै आफनो पार्टीमा जनताको प्रवेशको लहर देखेर ओली अत्तालिएर बरबराउन थालेको समेत दाबी गरे ।
अध्यक्ष नेपालले प्रदेश २ को नामाकरण जनकपुर र राजधानी पनि जनकपुर नै राख्न उपयुक्त रहेको पनि बताए ।
सम्बन्धित खबर
बाढीपीडितका लागि कर्मचारीको तलबबाट ३६ करोड योगदान गरिने, बिदामा पनि काम गर्नुपर्ने
प्रधानमन्त्री र भौतिकमन्त्री बाढी प्रभावित क्षेत्र नुवाकोट पुगे
गण्डकी सरकारबाट एमाले बाहिरियो, ४ मन्त्रीले बुझाए राजीनामा
सात कारण दिँदै भारतीय मिडियाले लेख्यो– १५० दिनमै जेन–जी नायकबाट ‘खलनायक’ बन्दै बालेन
गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
सभामुखको रूलिङ विपरित प्रधानमन्त्री बालेन कालो चस्मा लगाएरै संसद बैठकमा जाने
यो पनि पढौँ
पोखराको मुख्यबजार क्षेत्रमै नालीमा बगे आमाछोरी
प्रार्थनाकै समयमा १६ सय ५० विद्यार्थी पढ्ने त्रिभुवन त्रिशुली मावि बगायो
प्रधानमन्त्री बालेनको भिडियो पत्रकारले खिच्दा सेनाले गर्यो डिलिट
गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो