पछिल्लो २४ घण्टामा गण्डकीका १९ जनामा कोरोना पुष्टि भएको छ।
प्रदेश स्वास्थ्य निर्देशनालयको कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका १४९ जनामा गरिएको नमुना परीक्षणमा उक्त संख्याका मानिसको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।
संक्रमण पुष्टि हुनेमा गण्डकीका चार जिल्लाका छन् । जसअन्तर्गत कास्कीका १६ जना, लमजुङका एक जना, स्याङ्गजाका एक जना र पर्वत जिल्लाका एक जना छन्। संक्रमण पुष्टि भएकासँगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ८७ हजार ९०७ पुगेको छ ।
पछिल्लो २४ घण्टामा गण्डकीबाट १५ जना कोरोनामुक्त भएका छन् । योसँगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या ८६ हजार ३२९ पुगेको छ। अहिले प्रदेशभर १६१ सक्रिय संक्रमित छन् ।
सोमबार गण्डकीमा थप एक जनाको कोरोना संक्रमणका कारण मृत्यु पुष्टि भएको छ। मृतक लमजुङ जिल्ला बेशिसहर नगरपालिका -११ निवासी ४० वर्षीया महिला छिन्। गण्डकीमा संक्रमणकै कारण ज्यान गुमाउनेको संख्या १४१७ पुगेको निर्देशनालयले जनाएको छ ।
सम्बन्धित खबर
अनेरास्ववियु कास्कीले गर्यो बुद्धिचाल प्रतियोगिता
वर्ल्ड लिङ्कले ट्राफिकलाई गर्यो सहयोग, ६५ थान सामाग्री हस्तान्तरण
मानव अधिकारका सवालमा सबै पक्ष गम्भिर बन्नुपर्छः प्रदेश प्रमुख भट्ट
‘रवीन्द्र साझा नेता हुन्, एमालेको मात्र भनिएमा अन्याय हुन्छः काँग्रेस
कांग्रेसले गण्डकीका सभामुखलाई देखायो संसद् बैठकमै कालो झण्डा
गण्डकीका मुख्यमन्त्री अधिकारीले पाए विश्वासको मत, सर्वोच्चको आदेशलाई आधार
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग