काठमाडौँ । नेपाली कांग्रेसको आज प्रदेश अधिवेशन हुँदैछ ।
कांग्रेसले आज सात वटै प्रदेशमा एकैसाथ प्रदेश अधिवेशन गर्न लागेको हो । अधिवेशनको पार्टीका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले दिउँसो दुई बजे भर्चुअल उद्घाटन गर्ने तयारी छ ।
कांग्रेसको महाधिवेशन कार्यतालिका अनुसार आज प्रदेश अधिवेशन उद्घाटन र भोलिदेखि निर्वाचन प्रकृया सुरु हुनेछ ।
प्रदेश–१ को अधिवेशन विराटनगरमा, प्रदेश–२ को जनकपुरमा, वाग्मतीको हेटौँडामा, गण्डकीको पोखरामा, लुम्बिनीको बुटवलमा, कर्णालीको सुर्खेत र सुदूरपश्चिमको धनगढीमा अधिवेशन हुने कांग्रेसले जनाएको छ ।
प्रदेश अधिवेशनका लागि तीन/तीन जनाका दरले २१ जना अधिकृत तोकिएको कांग्रेस निर्वाचन समितिले छ । देश सङ्घीयतामा गएपछि कांग्रेसले सङ्गठन संरचना वडा, पालिका, प्रतिनिधि सभा/प्रदेश क्षेत्रीय, जिल्ला, प्रदेश र केन्द्रीय कार्यसमिति बनाएको छ ।
हिजोसम्ममा कांग्रेसका ६१ जिल्लामा अधिवेशन सम्पन्न भएको छ । बाँकी रहेका १६ जिल्लाको अधिवेशन महाधिवेशनपछि हुने बताइएको छ ।
कांग्रेसको १४ औँ महाधिवेशन आउँदो २४ गतेदेखि काठमाडौँमा हुँदैछ ।
सम्बन्धित खबर
राप्रपाले गण्डकीमा एमाले सरकारलाई नसघाउने, यस्तो छ केन्द्रीय कार्यसम्पादन बैठकको निर्णय
इलाम २ मा एमालेका सुहाङ नेम्वाङ विजयी
विद्युतीय चार पाङ्ग्रे गाडी अब नेपालमै उत्पादन हुने
म प्रधानमन्त्री बन्छु कि भनेर कतिलाई पोलेको होला, पोलिरहोस्, धिक्कार छ : माधव नेपाल
रास्वपाका मिलन लिम्बूले आफ्नै वडामा सय भोट पनि कटाएनन्
बझाङ प्रदेशसभा-१ मा एमालेका दमनबहादुर भण्डारी विजयी
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग