पोखरा । राष्ट्रिय समाचार समितिका गण्डकी प्रदेश प्रमुख वासुदेव पौडेल वर्ष उत्कृष्ट पर्यटन पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् ।
नेपाल पर्यटन यातायात व्यवसायी संघ गण्डकी प्रदेशको तेस्रो वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशनका अवसरमा पौडेललाई गण्डकी प्रदेशका अर्थ मन्त्री रामजी बराल(जीवन) र संघका अध्यक्ष बोबरजङ्ग गुरुङले २५ हजार रुपैयाँ नगद सहित सम्मानपत्रबाट सम्मान गरे ।
पौडेललाई समाचार लेखनका माध्यमबाट पर्यटन क्षेत्रको प्रवद्र्धन र विकासमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै सम्मान गरिएको हो ।
कार्यक्रममा अर्थमन्त्री बरालले कोरोना प्रभावित पर्यटनको पुनरुत्थान अहिलेको आवश्यकता भएको बताउँदै थलिएको पर्यटनलाई अघि बढाउने विषय सरकारको प्राथमिकतामा परेको बताए ।
नेपाल पर्यटन यातायात व्यवसायी संघ गण्डकी प्रदेशका अध्यक्ष बोबरजङ्ग गुरुङले धार्मिक पर्यटनका माध्यमबाट समृद्धि हासिल गरिने लक्ष्यका साथ धार्मिक पर्यटकीय स्थलको प्रवद्र्धनलाई संघले प्राथमिकतामा राखेको बताए । कर नीतिको विषयमा सरकार स्पष्ट हुनुपर्नेमा जोड दिदै उनले व्यवसायी कर तिर्न तयार भएको तर एकद्वार प्रणाली आवश्यक हुने बताए ।
नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका प्रमुख काशीराज भण्डारीले कोरोना प्रभावित पर्यटनलाई पूर्ववत् अवस्थामा ल्याउन निजी क्षेत्रसँगको साझेदारीमा प्रवद्र्धनात्मक कार्यक्रमलाई अघि बढाइने बताए ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले कोरोनाले प्रभावित बनाएको पर्यटनलाई चलायमान बनाउन सरकारका घोषित कार्यक्रम तत्काल कार्यान्वयनमा आउनुपर्नेमा जोड दिए ।
नेपाल पर्यटन यातायात व्यवसायी संघका केन्द्रीय अध्यक्ष सन्तोष न्यौपानेले यातायात ऐन व्यवसायीको हितमा नआएको उल्लेख गर्दै सरकारको नीति व्यवसायमैत्री हुनुपर्ने बताए ।
कार्यक्रममा नेपाल चेम्बर अफ कमर्स गण्डकीका अध्यक्ष किसान सुनार, महासचिव सुरेश दाहाल, प्रथम उपाध्यक्ष बाबुराम पाण्डे लगायतले बोलेका थिए । साधारणसभाले महासचिव र कोषाध्यषको प्रतिवेदन पारित गरेको छ ।
अधिवेशनले बाबुराम पाण्डेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । नवनिर्वाचित कार्यसमितिको निवर्तमान अध्यक्षमा बोबरजङ्ग गुरुङ, प्रथम उपाध्यक्षमा दुर्गादत्त दाहाल, द्धितीय उपाध्यक्षमा दीपेन्द्र ढकाल, महासचिवमा सुरेश दाहाल, सचिवमा प्रकाशकुमार श्रेष्ठ, कोषाध्यक्षमा रवीप्रसाद आचार्य, सदस्यहरू भुवानीप्रसाद अधिकारी, शोभाखर तिवारी, श्याम लामिछाने, विजय पौडेल, विकास कंडेल र भीम खड्का रहेका छन् ।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ