काठमाडौँ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत सहमहामन्त्रीको मतगणना चलिरहेको छ।
कांग्रेस सहमहामन्त्रीमा विभिन्न आठ क्लस्टर छन् । आठमध्ये हिजो तीन वटा क्लस्टरको नतिजा आएको छ ।
सहमहामन्त्रीमा महिलातर्फ महालक्ष्मी उपाध्याय डिना, आदिवासी जनजातितर्फ भीष्मराज आङ्देम्बे र दलिततर्फ जीवन परियार निर्वाचित भएका हुन् ।
सभापति शेरबहादुर देउवाको प्यानलकी उम्मेदवार उपाध्यायले २ हजार ५ सय ३३ मत पाएकी हुन् । उपाध्यायले शेखर कोइरालाको प्यानलकी उम्मेदवार कमला पन्त (२ हजार १ सय ५ मत) लाई हराएकी हुन् ।
सभापति देउवाको प्यानलकै उम्मेदवार आङ्दाम्बेले २ हजार ७ सय ११ मत पाएका छन् । आङ्दाम्बेले डा. कोइरालाको प्यानलका उम्मेदवार विकास लामा (१ हजार ९ सय १३ मत) लाई हराएका हुन् ।
यस्तै सहमहामन्त्री दलिततर्फ कोइराला प्यानलका जीवन परियार २ हजार २ सय १२ मत ल्याएर निर्वाचित भएका हुन् । परियारले देउवा प्यानलका मानबहादुर विश्वकर्मा (२ हजार १ सय ७५ मत) लाई हराएका हुन् ।
अब बाँकी रहेका मुस्लिम, मधेसी, पिछडिएको क्षेत्र, थारू, खस/आर्यतर्फका सहमहामन्त्रीका लागि आज (शुक्रबार) बिहानदेखि मत गणना गरिने कांग्रेसको निर्वाचन समितिले जनाएको छ ।
मुस्लिमतर्फ फमुल्लाह मन्सुर र शेख वकिल, मधेसीतर्फ महेन्द्र यादव, रञ्जित कर्ण र रामकृष्ण यादव, पिछडिएको क्षेत्रतर्फ चेतराज बजाल, थारूतर्फ उमाकान्त चौधरी र तेजुलाल चौधरी तथा खस/आर्यतर्फ किशोरसिंह राठौर र देवराज चालिसे प्रतिस्पर्धामा छन् ।
यी हरेक क्लस्टरबाट एक जना सहमहामन्त्री निर्वाचित हुनेछन् ।
सम्बन्धित खबर
अर्थमन्त्रीको बोलीमा ‘दुई तिहाइ’ को दम्भ
परराष्ट्रमन्त्री खनाल आइतबार चीन जाँदै, भारत भ्रमणमा जस्तो सीमाबारे चुप नबस्न ओलीको सुझाव
आफूमाथि प्रश्न गर्ने सांसदलाई अर्थमन्त्रीको चेतावनी- तपाईंहरूका काण्ड पनि खुल्नेछन्
एमाले अध्यक्ष ओली अस्पताल भर्ना
बालेननिकट नेतासँग कोशी प्रदेश सभापतिमा हारेपछि सरिनले छाडिन् रास्वपा
घर भत्काइएका सुकुम्बासीसँग गृहमन्त्री सुधनले माफी मागे
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ