काठमाडौँ । नेपाली कांग्रेसको १३ पदाधिकारीका लागि भएको निर्वाचनको सबै नतिजा सार्वजनिक भैसकेको छ । शुक्रबार साँझ सबै क्लस्टरका सहमहामन्त्रीको परिणाम आएसँगै १३ सदस्यीय पदाधिकारी चयन भएको हो ।
एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र आठ सहमहामन्त्री निर्वाचित हुने कांग्रेसको विधान रहेको छ । जसअनुसार १३ पदाधिकारी मध्ये ८ पदाधिकारी शेरबहादुर देउवा प्यानलले जितेको छ । यस्तै, एक उपसभापति, एक महामन्त्री र दुई सहमहामन्त्री गरी कूल चार पदाधिकारी डा. शेखर कोइराला प्यानलले जितेको छ भने एक महामन्त्रीमा प्रकाशमान सिंह प्यानलले जितेको छ ।
शुक्रबार भएको सहमहामन्त्री पदको मतगणनामा मधेशीतर्फ महेन्द्र यादव, थारुतर्फ उमाकान्त चौधरी, पिछडिएको क्षेत्रतर्फ बद्री पाण्डे, खसआर्यतर्फ किशोरसिंह राठौर र मुस्लिमतर्फ फरमुल्लाह मन्सुर विजयी भएका छन् । मधेशीतर्फ महेन्द्र यादवले दुई हजार २६ र उनका नजिकका प्रतिद्वन्दी रामकृष्ण यादवले एक हजार आठ सय २० मत प्राप्त गरे । थारुतर्फ उमाकान्त चौधरीले दुई हजार पाँच सय ४५ र तेजुलालले एक हजार सात सय ७२ मत प्राप्त गर्नुभएको कांग्रेस निर्वाचन समितिले जनाएको छ । यस्तै पिछडिएको क्षेत्रतर्फ बद्री पाण्डेले दुई हजार चार सय ११ र जीवनबहादुर शाहीले दुई हजार एक सय ३३ मत प्राप्त गरे । मुस्लिमतर्फ फरमुल्लाह मन्सुरले दुई हजार सात सय ७६ र शेख वकीलले एक हजार आठ सय ७५ मत प्राप्त गरे ।
यस्तै खस/आर्यतर्फ किशोरसिंह राठौरले दुई हजार पाँच सय ७६ र देवराज चालिसेले दुई हजार ५९ मत प्राप्त गरे । यसअघि बिहीबार महिलातर्फ महालक्ष्मी उपाध्याय, दलिततर्फ जीवन परियार र आदिवासी जनजातितर्फ भीष्मराज आङ्देम्बे निर्वाचित भइसकेका छन् ।
अब आज १० बजेदेखि ३५ खुल्ला केन्द्रीय सदस्यको मतगणना हुने कांग्रेसले जनाएको छ ।
सम्बन्धित खबर
मैले चुनाव हार्नुपर्ने कारण छैन, लमजुङबाट चुनाव जितेरै आउँछु : पृथ्वीसुब्बा गुरुङ
संसद पुनर्स्थापनाको चलखेल भइरहेको रवि लामिछानेको दाबी
सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयक संसदबाट फिर्ता लिन सरकारको निर्णय
सिंहदरबार पुग्न होइन, सिंहदरबार बदल्न घण्टीमा भोट माग्दैछुः रवि लामिछाने
मौसमले साथ नदिए हिमाली जिल्लामा दोस्रो चरणमा निर्वाचन : प्रधानमन्त्री
बालेनलाई निर्वाचन आयोगले सोध्यो दोस्रोपटक स्पष्टीकरण
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
सुनकाे मूल्य आज घट्यो
बाहिरियो वर्षा र हिमपात गराउने प्रणाली, यस्तो छ आगामी मौसम पूर्वानुमान