म्याग्दीको रघुगंगामा स्क्याभेटरसहित पुरिएर अपरेटरको मृत्यु

म्याग्दीको रघुगंगामा स्क्याभेटरसहित पुरिएर अपरेटरको मृत्यु

bulldozer

सांकेतिक तस्बिर

म्याग्दी।  माथिबाट आएको ढुङ्गासहितको माटोको ढिस्कोले पुरिँदा स्क्याभेटरका अपरेटरको मृत्यु भएको छ।

आइतबार अन्दाजी ९:३० बजेको समयमा रघुगंगा गाउँपालिका वडा नं -४ स्थित दग्राम खोल्सामा बन्दै गरेको हाई हिमालयन टुन्डी माथिल्लो राहुघाट जलविद्युत आयोजनाको ड्यामको काम गरिरहेका बेला माथिबाट ढुङ्गामाटो सहितको ढिस्को खसेर पुरिँदा स्क्याभेटरका अपरेटर सोही पालिकाको वडा नं -२ बस्ने अन्दाजी २८ वर्षीय भिम बहादुर खत्रीको मृत्यु भएको हो।

प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अरुण पौडेलका अनुसार स्क्याभेटरसहित पुरिएका खत्रीलाई स्थानीय र प्रहरीको सहयोगमा मृत अवस्थामा घटनास्थलबाट उद्धार गरिएको हो ।

हाल घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान शुरु गरिएको उपरीक्षक पौडेलले बताएका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds