पोखरा । देशका सातवटै प्रदेशमा आयोजना हुने गरी देश दौडाहा निस्केको ‘टिभिएस रेडर सप्तरंग–३’ पुस ९ गते पोखरामा हुने भएको छ । पोखराको अमरसिंह मैदानमा हुने उक्त कार्यक्रममा देशका आधा दर्जनभन्दा बढी ख्यातिप्राप्त कलाकारले प्रस्तुति दिनेछन् ।
नेपाल समुदाय प्रहरी साझेदारी कार्यक्रमसँगको सहकार्यमा भइरहेको उक्त कार्यक्रमको तयारी पूरा भइसकेको स्थानीय आयोजक बार्दली मिडियाले जनाएको छ । ‘सातै प्रदेशलाई सँगै जोड्ने गरी कार्यक्रम गरिरहेका छौं । तेस्रो संस्करणसम्म यसलाई सांगीतिक उत्सवकै रुपमा उभ्याउन सफल भएका छौं,’ बार्दलीका निर्देशक मन क्षेत्रीले भने । उनका अनुसार कार्यक्रम निशुल्क हुनेछ ।
सप्तरंगमा अभिनेता राजेश हमाल, गायक रामकृष्ण ढकाल, रामकृष्ण ढकाल, प्रमोद खरेल, बद्री पंगेनी, मिलन नेवार, अनिल सिंह, अस्मिता अधिकारी, सन्दीप क्षेत्रीको प्रस्तुति रहनेछ । मंसिर २४ देखि देश दौडाहामा निस्केको सप्तरंग टोली विभिन्न प्रदेशमा प्रस्तुति सकेसँगै पोखरा आउन लागेको हो । पोखराको प्रस्तुतिसँगै तेस्रो संस्करणको समापन गरिने आयोजकले जनाएको छ ।
कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्रीलगायत विभिन्न मन्त्रालय मन्त्री, पोखरा महानगर कार्यवाहक उपप्रमुख, प्रदेश प्रहरी प्रमुख लगायतको सहभागिता रहने स्थानीय आयोजक बार्दली मिडियाका क्षेत्रीले जानकारी दिएका छन् ।
सम्बन्धित खबर
कृषि एम्बुलेन्स पाएपछि वालिङका किसानलाई राहत
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो