पोखरा। कास्की प्रहरीले पोखरा दुई छुट्टाछुट्टै स्थानबाट लागु औषधसहित दुई जनालाई पक्राउ गरेको छ। सोमबार पोखरा महानगरपालिका वडा नं -११ फुलबारी र पोखरा -१ सिमपानीबाट अवैध लागु औषधसहित दुई जनालाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार पोखरा -११ फुलबारी बस्ने ३० वर्षीया श्रीमाया बिक भण्डारीको साथबाट औषध डाईजापाम -६२ एम्पुल, फेनेरागन- ६२ एम्पुल र नुर्फिन- ६२ एम्पुल गरी जम्मा १८६ एम्पुल लागु औषध र पोखरा -१ सिमपानी बस्ने ३७ वर्षीय बिर बहादुर तामाङ्गको साथबाट डाईजापाम -१७ एम्पुल, फेनेरागन- १७ एम्पुल र नुर्फिन- १७ एम्पुल गरि जम्मा ५१ एम्पुल लागु औषध वरामद गरेको प्रहरीले जनाएको छ।
पक्राउ परेका उनीहरु मध्ये श्रीमाया बिक भण्डारीलाई जिल्ला अदालत कास्कीबाट ५ दिनको म्याद र बिर बहादुर तामाङ्गलाई ७ दिनको म्याद थपको अनुमति लिएर लागु औषध सम्बन्धी कसुर अन्तर्गत थप कारवाही प्रक्रिया अगाडि बढाइएको कास्कीका निमित्त प्रहरी निरीक्षक तथा प्रहरी प्रवक्ता दिपक केसीले जानकारी दिए।
सम्बन्धित खबर
बागलुङ कालिका दर्शन गरी तनहुँ फर्कँदै गर्दा पोखराको हेम्जामा बस दुर्घटना
डढेलो लगाउनेलाई जन्मकैद हुनुपर्छः मुख्यमन्त्री अधिकारी
एशिया कप ट्रायथलन : इजिप्टका सिफेल्दिन र इजरायलकी इड्डा बने च्याम्पियन
फूलबारीमा अटो दुर्घटना हुँदा दुई जना घाइते
मोटरसाइकल दुर्घटनामा श्रीमानको मृत्यु, श्रीमती गम्भीर घाइते
पोखरासहित गण्डकी क्षेत्रमा सार्वजनिक यातायातमा विद्युतीय साधन बढ्दै
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग