संसदबाट चार अध्यादेश स्वीकृत, अर्काे बैठक पुस १८ गते

संसदबाट चार अध्यादेश स्वीकृत, अर्काे बैठक पुस १८ गते

samsad-baithak

काठमाडौँ । नेकपा एमालेको अवरोधकै बीच बुधबार प्रतिनिधिसभाबाट चार वटा अध्यादेश स्वीकृत भएको छ ।

प्रतिनिधि सभाको आज बुधबारको बैठकमा प्रस्तुत गरिएको नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश २०७८, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश २०७८, सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश २०७८ र रेल्वे अध्यादेश २०७८ बहुमतले स्वीकृत भएको हो ।

रेल्वे अध्यादेश २०७८ भौतिक पूर्वाधार तथा यातायातमन्त्री रणुकुमारी यादवले स्विकृतिका लागि निर्णयार्थ पेस गरेकी हुन् भने अरू तीन वटा अध्यादेश गृहमन्त्री बालकृष्ण खाणको तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पेस गरेका हुन् ।

प्रतिनिधिसभाको बैठक सुरु हुनेवित्तिकै एमाले सांसदहरुले बेल घेरेर नाराबाजी गरेका थिए । तर सभामुख सापकोटाले संसदको कारबाही अघि बढाए ।

अध्यादेश स्वीकृत भएपछि प्रतिनिधिसभा पुस १८ गतेसम्मका लागि स्थगित भएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds