पोखरा । लायन्स क्लब अफ पोखरा कालिका भ्यू टाउनले पोखरा ३२ राधाकृष्ण विद्याश्रम र त्यहाँ रहेको गुरुकुल संस्कृत विद्यालयलाई खाद्यान्न, स्टेसनरी र न्यायो कपडा वितरण गरेको छ ।
क्लबले विद्याश्रम रहेका वृद्धवृद्धाहरुको लागि खाद्यान्न र राधाकृष्ण विद्याश्रम गुरुकुल संस्कृत विद्यालयका विद्यार्थीका लागि स्टेसनरी सामान र न्यायो कपडा शनिबार वितरण गरेको हो । लायन्स क्लब अफ अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ बि वानका डिपार्टमेन्ट को चिफ सुदीपराज ढुंगाना, कालिका भ्यु टाउनका संस्थापक अध्यक्ष नारायणप्रसाद अधिकारी, क्लबका अध्यक्ष शुक्रराज अधिकारी, लायन्स क्लबका रिजन चियर पर्सन दीपेन्द्रप्रताप चन्द लगायतले सामग्री हस्तान्तरण गरेका हुन् ।
कार्यक्रममा बोल्दै लायन्स क्लब अफ अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ बी वानका डिपार्टमेन्ट को चिफ सुदीपराज ढुंगानाले लायन्स क्लब सामाजिक सेवा र मानवलाई सहयोग गर्ने अन्तर्राष्ट्रिय संस्था भएको बताए । उनले अन्तर्राष्ट्रिय लायन्स क्लबमा विश्वका २ सय ११ देशका करिब १४ लाख व्यक्ति आवद्ध रहेको जानकारी दिए । राधाकृष्ण गुरुकुल संस्कृत विद्यालयका प्रधानाध्यापक केशव पौडेलले विद्यालयमा कक्षा ६ देखि १० सम्म अंग्रेजी, नेपाली सामाजिक, गणित र संस्कृति विषयको पढाइ हुन गरेको बताए । उनले सरकारी दरबन्दी नभएकाले दाताबाट नै विद्यालय संञ्चालनहुँदै आएको बताए । पौडेलका अनुसार विद्यायलमा २५ जना विद्यार्थी छन् । संस्कृत विद्यालयलाई सरकारले दिने केही अनुदान रकम वार्षिक रुपमा आएपनि विद्यालय सञ्चालनका लागि प्रर्याप्त नभएको बताए ।
लायन्स क्लब अफ पोखरा भ्युटानका अध्यक्ष शुक्रराज अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा राधाकृष्ण विद्याश्रमका महन्त सखी शरण, लायन्स क्लबका रिजन चियर पर्सन दीपेन्द्रप्रताप चन्द, क्लबका संस्थापक अध्यक्ष नारायणप्रसाद अधिकारी, प्रथम उपाध्यक्ष तथा कार्यक्रम संयोजक श्यामप्रसाद तिमिल्सेना, सचिव राधाकृष्ण घिमिरे लगायतले विद्याश्रम तथा लयान्स क्लबको बारेमा बोलेका थिए ।
क्लबले आफ्नो वार्षिक कार्यक्रम अनुसार सदस्यहरुबाट खर्च जुटाएर विद्याश्रममा सहयोग गरेको अध्यक्ष अधिकारीको भनाइ छ । अधिकारीका अनुसार क्लबले निकट भविश्यमा क्लबका गतिविधिसहितको स्मारिका प्रकाशन गर्ने तयारी समेत गरेको छ । कार्यक्रममा क्लबका सदस्यहरु, विद्याश्रमका वृद्धवृद्धा, संस्कृत विद्यालयका विद्यार्थी लगायत सहभागिता रहेको थियो ।

सम्बन्धित खबर
कृषि एम्बुलेन्स पाएपछि वालिङका किसानलाई राहत
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो