अनेरास्ववियु, जनप्रिय बहुमुखी क्याम्पस कमिटिको अध्यक्षमा शिव पराजुली सर्वसम्मत चयन भएका छन् । क्याम्पस कमिटिको सातौं सम्मेलनले पराजुलीको नेतृत्वमा ३३ सदस्यीय कमिटि चयन गरेको हो ।
कमिटिको सचिवमा आविष्कार केसी चयन भए । यस्तै, सहसचिवमा सचिन अधिकारी, सुरज ढकाल र शर्मिला गिरीलाई चयन गरिएको छ । कोषाध्यक्ष रचना अधिकारी बनेकी छिन् ।
कार्यक्रमका प्रमुख अतिथि नेकपा एमालेका केन्द्रीय सदस्य कृष्ण थापाले अनेरास्ववियुको गरिमामय विरासतलाई जोगाउँदै क्याम्पसमा नेतृत्वदायी भूमिका खेल्न नयाँ कमिटिलाई सुझाव दिए ।
आयोजक कमिटीका संयोजक किसान भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा विद्यार्थी नेताहरु आशिर्वाद सुवेदी, अर्जुन अधिकारी, प्रकाश पौडेल, सुशन घिमिरे, महेन्द्र पौडेल, विश्वदर्शन पराजुली, अनेरास्ववियु कास्की जिल्ला कमिटीका अध्यक्ष बिजय पौडेल, महानगर कमिटीका संयोजक बिनोद भण्डारीको उपस्थिति थियो । कार्यक्रमको सञ्चालन सागर शर्माले गरेका थिए ।
साे अवसरमा जनप्रिय क्याम्पस कमिटिमा विभिन्न कालखण्डमा नेतृत्वमा रहेर वा सहयाेग गरेर साथ दिने अखिलकर्मीहरूलाई सम्मान समेत गरिएकाे थियाे ।

सम्बन्धित खबर
स्याङ्जामा आर्थिक गणनाको आधार तयार, नयाँ कार्यालयबाट तथ्यांक संकलन सुरु
ग्रामीण सडकमा ट्राफिक सचेतना अभियान सुरु, दुर्घटना घटाउने लक्ष्य
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ सेवा एकै ठाउँमा
गण्डकी प्रदेश सभाको अधिवेशन चैत ८ गते आह्वान
६ वर्षको सजाय बाँकी रहेका फरार कसूरदार पक्राउ
भीरकोटमा बालमैत्री दिवस : उत्कृष्ट शिक्षक र विद्यार्थी सम्मानित
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह