काठमाण्डौ। युवतीलाई पोखरा लैजान्छु भन्दै भारतमा लगेर बेचबिखन गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
नुवाकोटको दुप्चेश्वर गाउँपालिका वडा नं -५ निवासी २६ वर्षीया अनिशा तामाङ भन्ने फुलमाया तामाङले पीडित युवतीलाई विभिन्न प्रलोभनमा पारी पोखरा लैजान्छु भन्दै भारतको कोठीमा लगेर बेचबिखन गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो।
घटना २०७४ साल साउन महिनाको हो। तामाङले पीडित भनिएकी युवतीलाई पोखराको एक होटलमा नाच्ने तथा बाँकी समय आफ्नै घरमा घरायसी काम गर्नुपर्ने त्यसवापत राम्रो आम्दानि हुने भन्दै विभिन्न प्रलोभनमा पारी काठमाडौं आकाशेधारास्थित होटलमा लगि चाउमिनमा वेहोश हुने औषधी मिसाएर खुवाएकी थिइन्। बेहोश भएकी युवतीलाई तामाङले भारतको बम्बई, ईलाहाबाद, कलकत्ता तथा कुचबिहारको कोठीहरुमा पुर्याई पटक-पटक बेचबिखन गरी वेश्यावृत्तीमा लाग्न वाध्य पारेकी थिइन्।
सोही क्रममा पीडित युवती भारतीय प्रहरीको सम्पर्कमा आइन्। र, प्रहरीको समन्वयमा नेपाली राजदुताबास तथा नेपालस्थित विश्व सेवा बिस्तार संस्थाको सहयोगमा गत असोज २३ गते नेपाल फर्कन सफल भएकी थिइन्। पछि पीडित महिलाकै जाहेरीका आधारमा प्रहरी प्रधान कार्यालय मानव बेचबिखन अनुसन्धान व्यूरो बबरमहलबाट खटिएको प्रहरीले काठमाडौं बुढानिलकण्ठ नगरपालिका-१० कपनबाट तमाङलाई पक्राउ गरेको हो ।
हाल पक्राउ परेकी तामाङमाथि थप अनुसन्धान भइरहेको व्यूरोले जनाएको छ।
सम्बन्धित खबर
बाढीका मृतकको गहना लुट्नेहरू पक्राउ, हुनसक्छ ७ वर्षसम्म जेल
गरिमा चौधरीको हत्याका मुख्य अभियुक्त नाबालकको बयान भिडियो बाहिरिएपछि तरङ्ग
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ
छोराको कुटपिटबाट आमाको मृत्यु
जेठी श्रीमती मार्दा कैद मिनाहा पाएका यामबहादुरले कान्छीलाई पनि बाँकी राखेनन्
यो पनि पढौँ
पोखराको मुख्यबजार क्षेत्रमै नालीमा बगे आमाछोरी
प्रार्थनाकै समयमा १६ सय ५० विद्यार्थी पढ्ने त्रिभुवन त्रिशुली मावि बगायो
प्रधानमन्त्री बालेनको भिडियो पत्रकारले खिच्दा सेनाले गर्यो डिलिट
गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो