पोखरा । नेकपा एमाले कास्कीको १० औँ अधिवेशनको तयारी पूरा भएको छ । नेकपा एमाले, जिल्ला कमिटि कास्कीले पोखरामा पत्रकार सम्मेलनको आयोजना गरी पुस २३ गते हुने अधिवेशनको तयारी पूरा भएको जानकारी दिएको हो ।
अधिवेशनमा लागि ९१४ जना प्रतिनिधि छनोट भैसकेको एमाले कास्कीका कार्यवाहक अध्यक्ष मनबहादर गुरुङले जानकारी दिए ।
कास्कीका एक महानगरपालिका र चार गाउँपालिका मातहतका ७२ वटा वडा, विशेष इलाका मातहतका शाखा कमिटी, गाउँपालिका, महानगरपालिका, जनवर्गीय संगठनबाट छानिएका प्रतिनिधि, सल्लाहकार परिषद्, जिल्ला कमिटी पदाधिकारी तथा सदस्यहरु अधिवेशनमा प्रतिनिधिका रुपमा छनोट भएका छन् ।
अधिवेशन सम्पन्न गर्नका लागि विभिन्न १० वटा उपसमितिहरु गठन भएका छन् । देशभरका ७७ वटै जिल्ला अधिवेशनको उद्घाटन एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट गर्ने प्रचार विभाग प्रमुख तेजनारायण अधिकारीले जानकारी दिए ।
अधिवेशनले नयाँ नेतृत्व समेत चयन गर्ने छ । झण्डै आठ वर्षपछि जिल्ला अधिवेशन हुन लागेको हो । अधिवेशनबाट सकेसम्म सर्वसम्मत नसके आन्तरिक प्रतिस्पर्धाबाट नेतृत्व चयन गरिने एमाले कास्कीका कावा अध्यक्ष गुरुङले बताए ।
सम्बन्धित समाचारः
एमाले कास्कीको १० औं अधिवेशन पुस २३ गते, प्रतिनिधि छानिए, प्रचारप्रसार तीव्र
सम्बन्धित खबर
अकबरे खुर्सानीमार्फत बाँझो जमिनलाई आम्दानीसँग जोड्दै भीरकोट
रास्वपा गण्डकीको सभापतिमा त्रिपाठी निर्वाचित
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ