सरोज अर्याल, स्याङ्जा / निजी फर्मको लापरबाहीका कारण आँधिखोलाको जलचर सखाप भएका छन् ।
खिलुङ कालिका एग्रो फर्मको फोहोर तथा कुखुराको सुली प्रत्यक्ष आँधिखोलमा मिसाउँदा यहाँका जलचर प्रभावित भएका छन् । भिरकोट नगरपालिकामा फर्म संञ्चालन गरिएको भएपनि उक्त फर्मले गल्याङ नगरपालिकाको तुलसिभञ्याङमा फोहोर फाल्ने कार्य गर्दै आएको थियो ।
गएराति जेसिभीको प्रयोग गरेर सुलि खोलामा मिसाउँदा आंधिखोला जलबिद्युत केन्द्र सम्मका सबै जलचर मरेका छन् । सुलिको दुर्गन्ध कम गर्न प्रयोग गरिने बिषादीका कारण खोलाका माछा मरेको हुन सक्ने प्रारम्भिक आँकलन स्थानीयले गरेका भएपनि के कारणले माछा लगायत जलचर सखाप भएको हो भन्ने अनुसन्धान भैरहेको छ ।
यस खोलाको पानी जिमुवामा सिँचाइ हुँदै कालिगण्डकीसम्म पुगेको छ । प्रशासनले माछाको सेवन र पानी सिँचाइ गर्न रोक लगाएको छ । यस पानीको असर कालीगण्डकी सम्म पर्ने सरोकारवालाको भनाई छ ।
आँधीखोलामा सुली फालेको आरोपमा खिलुङ कालिका एग्रो फर्मका सञ्चालक, कार्यकारी प्रमुख शोभाकान्त ढकाल, सुली फाल्न प्रयोग गरिएको स्काभेटर र चालक सहित अन्य दुई जना प्रहरीको नियन्त्रणमा छन् ।

सम्बन्धित खबर
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
रास्वपा स्याङ्जामा नेतृत्व चयन, सभापतिमा पुनः रुक्मागत भण्डारी
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु