पोखरा । कोभिड महामारीले मनोरञ्जन क्षेत्र पुरै ध्वस्त बनाएको अवस्थामा पोखरामा शुक्रबार साँझ “मन गुरुङ एटाएर फेसन नाईट” सम्पन्न भएको छ।
एस टि कृयशनको आयोजनामा लेकसाईडमा भएकाे फेशन नाइटमा डिजाईनर मन गुरुङको ड्रेसमा मिस नेपाल ईन्टरनेशनल २०१७ बिजेता तथा सुपर मोडल नीति शाहले र्याम्प वाक गरिन्। नीतिलाई साथ दिन पोखराका चर्चित १० मोडलले र्याम्प शेयर गरेका थिए। जसको कोरियोग्राफी जेनिता मगरले गरेकी थिईन्।
फेसन डिजाइनर गुरुङले डिजाइन गरेका विभिन्न पोशाक हरुलाई तीन फरक सिक्वेन्समा प्रदर्शन गरिएको कार्यक्रम संयोजक तथा संचारकर्मी सचिन रानाभाटले बताए। करिब १ महिना लगाएर तयार पारिएको पोशाक निकै आकर्षक र भव्य देखिएको थियो।
कार्यक्रमकी प्रमुख अतिथि महिला उद्यमी मिलन थापाले मन गुरुङको कला र कौशलको तारिफ गर्दै महिलाहरु पनि सबल र सक्षम छन् भन्ने उदाहरण गुरुङले प्रस्तुत गरेको बताइन् ।
कार्यक्रमले साथी संसार पोखरामा आश्रित फरक क्षमता भएका २५ जना बालबालिकाहरुलाई पोशाक खाद्यान्न र औषधिको लागि १ लाख १ हजार १ सय एघार रुपैयाँ समेत सहयोग गरेको छ। उक्त रकमको चेक संस्थाका प्रतिनिधि नारायण अधिकारीलाई हस्तान्तरण गरिएको कार्यक्रमकाे अध्यक्षता समेत गरेका सामाजिक अभियन्ता राम रानाभाटले जानकारी दिए ।
डेन्टल बिषयमा स्नातक सकेर डेन्टल हाईजिनिस्टको रुपमा कार्यरत रहेकी मन गुरुङले आफ्नो रुचिको बिषय फेसन डिजाइन भएकोले सन् २०१७ मा आईएफसी फेसन कलेज पोखराबाट डिप्लोमा ईन फेसन डिजाईनिङ कोर्स गरेकी थिईन्। पोखरामा सम्पन्न विभिन्न फेसन सो तथा सुन्दरी प्रतियोगितामा आफ्नो ड्रेसको कौशलता प्रदर्शन गरिसकेकि छ्न्।
“यो मेरो पहिलो तथा एकल फेसन शाे हो, आफूले सिकेको सीपलाई कलाको माध्यमबाट प्रस्तुत गर्दै फेसन डिजाईनिङ क्षेत्रमा फरक नाम लेखाउने उद्देश्यले कार्यक्रम गरिएको हो” – उनी भन्छिन् ।
लेकसाईड स्थित कुटी रिसोर्टमा सम्पन्न कार्यक्रममा करिब तीन सय भन्दा सहभागी रहेकाे आयोजक संस्थाका प्रबन्ध निर्देशक सुरज थापाले बताए। कार्यक्रमलाई ईभेन्ट होस्ट ईनिसा दुराले संचालन गरेकी थिईन्।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ