काठमाडौँ । नेकपा एमालेको ६३ जिल्लामा भएको अधिवेशनमा १९ जिल्लामा अध्यक्ष सर्वसम्मत रुपमा छानिएका छन् ।
अरु जिल्लामा सहमतिको प्रयास भइरहेको र सहमति हुन नसकेमा चुनावी प्रक्रियामार्फत नेतृत्व चयन हुने एमालेले जनाएको छ । एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार झापा, पाल्पा, दाङ, डोल्पा, सल्यान, बर्दिया, बाँके, धादिङ, अर्घाखाँची, मोरङ, काभ्रे, भक्तपुर, गुल्मी, खोटाङ, सप्तरी, तनहुँ, धनकुटा, रसुवा र पश्चिम नवलपरासीमा सर्वसम्मत नेतृत्व चयन भएका हुन् ।
झापामा दीपक कार्की, पाल्पामा धनेन्द्रराज घिमिरे, दाङमा हुकुमबहादुर बस्नेत, डोल्पामा शेरबहादुर बुढा, सल्यानमा गोविन्द पुन, बर्दियामा लालबहादुर श्रेष्ठ, बाँकेमा किस्मतकुमार कक्षपति, धादिङमा भूमि त्रिपाठी, अर्घाखाँचीमा पीताम्बर भुसाल, मोरङमा ऋषिकेश पोखरेल, काभ्रेमा अशोक ब्याञ्जु, भक्तपुरमा वचन देउजा र गुल्मीमा बालसिंह काउछा जिल्ला कमिटी अध्यक्षमा निर्वाचित भएका हुन् ।
यस्तै खोटाङमा रामप्रसाद दङ्गाल, सप्तरीमा ताराकान्त चौधरी, तनहुँमा श्रीप्रसाद श्रेष्ठ, धनकुटामा इन्द्रमणि पराजुली, रसुवामा कर्णेल लामा र नवलपरासी सुस्ता पश्चिममा दीपेन्द्र अधिकारी जिल्ला कमिटी अध्यक्षमा चयन भएका छन् । विशेष जिल्ला कमिटी अन्तर्गत मजदुरमा जितेन्द्र श्रेष्ठ र पेसागतमा उमेश ढकाल चयन भएको नेता विष्णु रिजालले जानकारी दिएका छन् ।
शुक्रबार ६३ जिल्लामा अधिवेशन सुरु भएको र बाँकी जिल्लामा पनि छिटै अधिवेशन गर्ने एमालेले जनाएको छ ।
सम्बन्धित खबर
मित्रराष्ट्रहरूसँग सरकारले माग्यो सहयोग
बाढी गएको चार दिनपछि टिमुरे-रसुवागढी क्षेत्रमा सरकारको उपस्थिति, चाउचाउ पुग्यो
अञ्जानमै कैद भएको दृश्य, त्यही पहिरोले ल्याएको थियो भोटेकोशीमा बाढी
बाढी प्रभावित क्षेत्रमा फोटो र भिडियो खिच्न नजानू : प्रहरी
मृत्य हुने पुष्टिको संख्या ६२६ पुग्यो, दुई हजार बढी बेपत्ता
नेपालका रवीन्द्र ढाँट इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा
यो पनि पढौँ
पोखराको मुख्यबजार क्षेत्रमै नालीमा बगे आमाछोरी
प्रार्थनाकै समयमा १६ सय ५० विद्यार्थी पढ्ने त्रिभुवन त्रिशुली मावि बगायो
प्रधानमन्त्री बालेनको भिडियो पत्रकारले खिच्दा सेनाले गर्यो डिलिट
गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो