भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवलाई तत्काल बर्खास्त गर्न जनमत पार्टीले माग गरेको छ ।
मन्त्री यादवले दिएको अभिव्यक्ति बारे डा. सिके राउत नेतृत्वको जनमत पार्टीले नरसंहार गराई दिने जस्ता अपराधिक अभिव्यक्ति दिने मन्त्रीलाई तत्काल बरखास्त गर्न माग गरेको हो ।
सो पार्टीका उपाध्यक्ष दिपक कुमार साहले बिहीबार राति प्रेस विज्ञप्ति जारी गर्दै चरम आपराधिक अभिव्यक्ति दिने मन्त्री यादवलाई बर्खास्त गरेर २०६४ सालको गौर नरसंहारमा संलग्नहरुलाई तत्काल पक्राउ गर्न माग गरेका हुन् ।
अपराधिक अभिव्यक्ति दिने, हत्या हिंसा भड्काउन खोज्ने र अर्को नरसंहारको षडयन्त्र रच्ने मन्त्रीलाई अविलम्ब बर्खास्त गरेर सरकारले कारबाही गर्नुपर्छ, विज्ञप्तिमा भनिएको छ ।
गौर घटनाका अभियुक्तहरुलाई सुरक्षाकर्मीले विशिष्ठ सुरक्षा घेरामा राखेको भन्दै सो पार्टीले उनीहरुलाई तत्काल पक्राउ गरी कारबाही गर्न र पीडितहरुलाई न्याय दिए मात्रै मधेशमा आपराधिक राज समाप्त हुने बताएको छ ।
सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले आफूलाई कालो झण्डा देखाएको भन्दै मन्त्री यादवले गौरमा आयोजित कार्यक्रममा अर्को गौर नरसंहार गराउने धम्की दिएकी थिइन् ।
सम्बन्धित खबर
सीमा बचाउन नसक्ने सरकारले सेनाको दुरुपयोग गरेर गरीव जनतामा आतंक मच्चायो: हर्क साम्पाङ
संसद् बैठकमा प्रधानमन्त्री अनुपस्थित
विद्यार्थी संगठन खारेज नगर्न सर्वोच्चको अल्पकालीन आदेश
राष्ट्रिय सभामा अध्यादेश रोक्न विपक्षीको गृहकार्य
सरकारको भय र महाअभियोगको डरबाट बाहिर निस्कनुस्, लडाइँ बाँकी छ: सपना प्रधान मल्ल (मन्तव्यको पूर्णपाठ)
रास्वपाको सचिवालय बैठकमा अनुशासनको कारबाहीदेखि जिल्ला समिति विघटनसम्मका एजेन्डा
यो पनि पढौँ
प्रतिभाका पाँच विद्यार्थीले ल्याए उच्चतम् ४ जीपीए
शान्ति निकेतनका तीन विद्यार्थीको ४ जीपीए
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध मुद्दा दायर
राष्ट्रिय सभामा अध्यादेश रोक्न विपक्षीको गृहकार्य