राष्ट्रिय जनगणना–२०७८ को प्रारम्भिक नतिजा सार्वजनिक भएको छ ।
केन्द्रीय तथ्यांक विभागले आज सार्वजनिक गरेको नतिजाअनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार चार सय ८० पुगेको छ ।
नेपालमा पुरुषको तुलनामा महिलाको संख्या धेरै छ । जसमा पुरुषको जनसंख्या १ करोड ४२ लाख ९१ हजार ३ सय ११ र महिलाको जनसंख्या १ करोड ४९ लाख १ हजार १ सय ६९ छ । प्रारम्भिक विवरणअनुसार विदेशमा रहेका नेपालीको जनसंख्या २१ लाख ६९ हजार ४ सय ७८ र नेपालमा जम्मा परिवार संख्या ६७ लाख ६१ हजार ५९ जना रहेको छ ।
जनसंख्याको वृद्धिदर शून्य दशमलव ९३ प्रतिशत रहेको छ । यो पछिल्लो ८ दशकयताकै कम वृद्धिदर रहेको विभागले जनाएको छ ।
यसैबीच जनसंख्याको वृद्धिदर १० वर्षमा सबैभन्दा बढी लुम्बिनीमा १४ प्रतिशतले बढेको तथ्यांकले देखाएको छ । यस्तै, मधेश प्रदेशमा १३ प्रतिशतले बढेको छ भने सबैभन्दा कम गण्डकी प्रदेशमा जनसंख्या वृद्धि भएको छ ।
अन्य प्रदेशमा १० प्रतिशतभन्दा कमले जनसंख्या वृद्धि भएको जनगणनाको प्रारम्भिक तथ्यांकले देखाएको छ ।
विभागले यो वर्ष दुई चरण गरेर देशको जनगणना सम्पन्न गरेको थियो । यसका लागि ५० हजारभन्दा बढी जनशक्ति खटाइएको थियो ।
हेर्नुहोस् प्रारम्भिक विवरणको पूर्ण पाठः
[wp-embedder-pack width=”100%” height=”400px” download=”all” download-text=”” attachment_id=”90924″ /]
सम्बन्धित खबर
मित्रराष्ट्रहरूसँग सरकारले माग्यो सहयोग
बाढी गएको चार दिनपछि टिमुरे-रसुवागढी क्षेत्रमा सरकारको उपस्थिति, चाउचाउ पुग्यो
अञ्जानमै कैद भएको दृश्य, त्यही पहिरोले ल्याएको थियो भोटेकोशीमा बाढी
बाढी प्रभावित क्षेत्रमा फोटो र भिडियो खिच्न नजानू : प्रहरी
मृत्य हुने पुष्टिको संख्या ६२६ पुग्यो, दुई हजार बढी बेपत्ता
नेपालका रवीन्द्र ढाँट इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा
यो पनि पढौँ
पोखराको मुख्यबजार क्षेत्रमै नालीमा बगे आमाछोरी
प्रार्थनाकै समयमा १६ सय ५० विद्यार्थी पढ्ने त्रिभुवन त्रिशुली मावि बगायो
प्रधानमन्त्री बालेनको भिडियो पत्रकारले खिच्दा सेनाले गर्यो डिलिट
गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो