पोखरा । पोखरा महानगरपालिका वडा नं. १७, हिमाली टोलमा कार्यालय रहने गरी स्थापित मानशा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले विहीबारदेखि कारोबार शुभारम्भ गरेको छ ।
पोखरा महानगरपालिका वडा नं. १७, २१ र २२ कार्यक्षेत्र रहेको उक्त सहकारीको शुभारम्भ आज एक समारोहकाबीच पोखरा वडा नं. २१ का अध्यक्ष खगराज आचार्यले गरे । उनले आफ्नो वडाबासी लक्षित गरी स्थापित सहकारीले उद्देश्यमा सफलता प्राप्त गर्ने विश्वास लिँदै वडाबासीको हितमा र सहज सेवा प्रदान गर्न सुझाए । आचार्यले सहकारीलाई नाफामुखीभन्दा सेवामुखी बनाउन सुझाव दिँदै युवाहरुको टीम भएकाले चाँडै गति लिने विश्वास व्यक्त गरे ।
कार्यक्रमको अध्यक्षता समेत गरेका संस्थाका अध्यक्ष गोविन्द देवकोटाले पोखराका तीन वडामा केन्द्रीत रहने सहकारीले विभिन्न परियोजना मार्फत् रोजगारी र उत्पादनमा संलग्न हुने जानकारी दिए । सहकारीले पोखरा वडा नं. २१ मा टपरी उद्योग र डेरी उद्योगको योजना समेत अगाडि बढाएको उनले जनाए ।

कार्यक्रममा पोखरा महानगरपालिका वडा नं. १७ का वडा सदस्य तथा पोखरा महानगरपालिका सहकारी विभागकी सदस्य राधिका शाही योगी र मयुर बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष मिनराज खड्काले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा स्वागत संस्थाका उपाध्यक्ष छवि पनेरु तथा कार्यक्रम संचालन सचिव रमेश बास्तोलाले गरेका थिए । कार्यक्रमको संयोजन कोषाध्यक्ष प्रकाश सुवेदीले गरेका हुन् ।

सहकारीको सेवा शुभारम्भको अवसरमा रक्तदान कार्यक्रम पनि आयोजना गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि आचार्यले सहकारीका सल्लाहकार शिवप्रसाद सापकोटालाई व्लड ब्याग हस्तान्तरण गरी रक्तदान कार्यक्रमको उद्घाटन गरेका थिए ।

सम्बन्धित खबर
सडकको नालीमा बेवारिसे भरुवा बन्दुक फेला
दोहोरो नागरिकता प्रकरणमा पक्राउ परेका दिदी–भाइ धरौटीमा रिहा
स्याङ्जाका ९७ वडामध्ये ९६ मा कांग्रेस नेतृत्व निर्विरोध
विदेशसम्म पुग्न थाले चापाकोटका काठे ठेकी
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
अर्जुनचौपारी स्वास्थ्य चौकी लगातार दोस्रोपटक जिल्लामै उत्कृष्ट
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन