सुन्दर कुमार थकाली, मुस्ताङ । हिमालपारी मुस्ताङमा राष्ट्रिय प्रारम्भिक कक्षा पढाई सम्वन्धि दुई दिने अभिमुखिकरण भएको छ । जिल्लाको प्रारम्भिक कक्षा पढाई प्रभावकारी भएको बताईएको छ ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको आयोजना तथा प्रारम्भिक कक्षा पढाई कार्यक्रमको सहयोगमा दुई दिने कार्यक्रम भएको हो । जिल्लाका ५ वटै स्थानीयतहका जनप्रतिनिधि तथा सरोकारवालाहरुबीच भएको दुई दिने अन्तक्रियाका सहभागीहरुले ११ बुदे प्रतिबद्धतालाई अनुमोदन गरेका छन् ।
राष्ट्रिय प्रारम्भिक कक्षा पढाई समापन कार्यक्रमलाई सम्वोधन गर्दे जिसस प्रमुख छिरिङ ल्हामो गुरुङले प्रारम्भिक कक्षा पढाई तालिममा सिकेका कुरालाई व्यहारमा उतार्न सरोकारवालाहरुलाई आग्रह गरिन् । जिल्लाको शैक्षिक बिकास र प्रगतीका लागि समन्वय समितिले सघाउने उल्लेख गर्दे जिसस प्रमुख गुरुङले हिमाली जिल्लाका विकट गाउँका मातृभाषाको पढाई गर्ने शिक्षकको आवश्यकता खट्किएकाले शिक्षक आवश्यकता पुर्ति गर्न सरोकारवालालाई आग्रह गरिन् ।
त्यस्तै, घरपझोङ गाउँपालिका अध्यक्ष आशबहादुर थकालीले शिक्षाको जग बलियो भएमात्र शैक्षिक गुणस्तरमा बृद्धि हुने उल्लेख गरे । कार्यक्रममा ज्ञानोदय माविका प्राचार्य आनन्दराज आचार्य र नमुना आधारभुत बिद्यालयका व्यवस्थापन समितिका अध्यक्ष शेरबहादुर गुरुङले बोलेका थिए ।
यसअघि शिक्षा बिकास तथा समन्वय इकाइका शाखा अधिकृत लक्ष्मण देवकोटाले जिल्ला प्रारम्भिक कक्षा पढाईकाका बारे प्रस्तुतीकरण गरेका थिए । सो क्रममा उनले मुस्ताङमा प्रारम्भिक कक्षा पढाई प्रभावकारी भएको बताए ।
मुस्ताङमा प्रारम्भिक कक्षा पढाई कार्यक्रम तथा यसबारे थप जानकारी गराउन संञ्चालन यस संग सरोकार राख्ने ६ जनाको टोली मुस्ताङ आएको हो । टोलीमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयकी डिलकुमारी देवकोटा र युवराज दाहाल, शिक्षा विभागका रमाकान्त शर्मा र प्रारम्भिक कक्षा पढाई कार्यक्रमका धनसिंह धामी, शशी शाह, दिपक शर्मा र तृप्ती चौधरी छन् । उनीहरुले दुई दिने अभिमुखीकरण कार्यक्रमको शहजीकरण गरेका थिए ।
सम्बन्धित खबर
मुस्ताङमा ५ लाख नगदसहित कांग्रेस नेताको गाडी नियन्त्रणमा
मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा सुनिलको मृत्यु
चिसो बढेसँगै अपर मुस्ताङको जनजीवन प्रभावित, अधिकांश होटल बन्द
माथिल्लो मुस्ताङ जान विदेशीलाई दैनिक ५० डलर शुल्क लिने सरकारको निर्णय
मुस्ताङ घुम्न गएका तीर्थालुको लेक लागेर मृत्यु
मुस्ताङका उच्च हिमाली पदमार्गमा बुधबारसम्म यात्रा नगर्न प्रशासनको आग्रह
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह