पोखरा । कास्कीकोटका आगलागी पीडित परिवारलाई पोखरा जेसीजले आर्थिक सहयोग गरेको छ । पोखरा २४, कास्कीकोटकी बिना थापाको घरमा आगलागीबाट पूर्ण क्षति पुगेकोमा जेसीजले पीडामा मल्हम लगाउने हेतुले २५ हजार नगद सहयोग प्रदान गरेको हो ।
‘कि मानवताको सेवा जीवनको सर्बोत्तम कार्य हो’ लाई मूल मन्त्र मानी पोखरा जेसिज बर्ष २०२२ ले गतिविधि अघि बढाएको छ ।
सहयोग हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथि नेपाल जेसिज बर्ष २०२२ का राष्ट्रिय कानुनी सल्लाहकार गोविन्दप्रसाद देवकोटाले आगलागीबाट सबै गुमाएको थापा परिवारमा थोरै भएपनि राहत हुने भएकाले सहयोग गरेकोमा पोखरा जेसीजप्रति आभार प्रकट गरे ।

पोखरा जेसिज बर्ष २०२२ का अध्यक्ष मिनराज खड्काको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा जेसिज अध्यक्ष २०२० जेसिआई सिनेटर शिव प्रसाद सापकोटासहित पोखरा जेसिजका करिब २० जना सदस्यहरुको उपस्थिति रहेको थियो ।
पोखरा जेसिजका सदस्यहरु, जन्मदिन पर्ने सदस्यहरु र अन्य बाह्य व्यक्तिहरु मार्फत रकम सङ्कलन गरी सहयोग हस्तान्तरण गरिएको पोखरा जेसीजले जनाएको छ । पोखरा जेसिजले व्यक्तिगत सहयोगसँगै सामुदायिक क्षेत्रमा पनि हरेक बर्ष रचनात्मक काम गरी जेसिज आस्था अनुरुपको कार्य गर्दै आएको छ ।

सामुदायिक विकास क्षेत्रका उपाध्यक्षसुदिप सापकोटाले स्वागत तथा संयोजन गरेको उक्त कार्यक्रमको संचालन महासचिव प्रकाश घिमिरेले गरेका थिए ।
सम्बन्धित खबर
रास्वपा गण्डकीको सभापतिमा त्रिपाठी निर्वाचित
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु