काठमाडौं। प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएको प्रहरीको टोलीले बैंकिङ कसूर मुद्दाका दुई जना फरार प्रतिवादीहरू लाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा तनहुँ जिल्ला ब्यास नगरपालिका वडा नं -९ स्थायी घर भइ हाल काठमाडौं महानगरपालिका -२६ सोह्रखुट्टे बस्ने एम.एम कन्स्ट्रक्सन प्रालिका संचालक ३२ वर्षीय सुरज गुरुङ र सिन्धुपाल्चोक घर भई काठमाडौं महानगरपालिका-३१ तीनकुने बस्ने ३६ वर्षीय सुमित भण्डारी रहेका छन् । फरार रहेका उनीहरु मध्ये सुरजलाई उच्च अदालत पाटनको गत मंसिर २४ गतेको फैसलाले २४ दिन कैद र ७२ लाख रुपैयाँ जरिवाना ठहर गरेको थियो भने, सुमितलाई २०७७ मंसिर १३ गतेको फैसलाले ५ दिन कैद र ९ लाख ७३ हजार रुपैयाँ जरिवाना ठहर गरेको थियो ।
प्रहरीले सुरजलाई आइतबार काठमाडौं गोंगबुबाट र सुमितलाई सोमबार लाजिम्पाटबाट पक्राउ गरेको हो । उनीहरूले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नहुँदा नहुँदै पीडितहरूलाई झुक्याएर आ-आफ्नो बैंक खाताबाट भुक्तान हुने भनी चेक दिएको ठहर गरी उच्च अदालत पाटनले उक्त फैसला गरेको थियो ।
फैसला कार्यान्वयनका लागि सुरजलाई जिल्ला अदालत ललितपुर र सुमितलाई जिल्ला अदालत भक्तपुरमा पेश गरिएको उक्त ब्यूरोले जनाएको छ ।
सम्बन्धित खबर
सडकको नालीमा बेवारिसे भरुवा बन्दुक फेला
दोहोरो नागरिकता प्रकरणमा पक्राउ परेका दिदी–भाइ धरौटीमा रिहा
स्याङ्जाका ९७ वडामध्ये ९६ मा कांग्रेस नेतृत्व निर्विरोध
विदेशसम्म पुग्न थाले चापाकोटका काठे ठेकी
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
अर्जुनचौपारी स्वास्थ्य चौकी लगातार दोस्रोपटक जिल्लामै उत्कृष्ट
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन