पोखरा । अन्ततः कास्कीका सामाजिक परिचालकहरुले नियुक्ति पाउने भएका छन् । लामो समयको आन्दोलनपछि महानगरले सामाजिक परिचालकलाई विहिबारदेखि पत्र दिएर काममा लगाउने भएको हो । बुधबार बसेको दुईपक्षीय बार्तापछि सामाजिक परिचालकलाई काममा लगाउने सहमति जुटेको हो ।
सामाजिक परिचालकहरुलाई विहिबार ब्यक्तिगत रुपमा करार सम्झौता पत्र दिने महानगरले जनाएको छ । ‘पहिले वडालाई पत्र लेखेर सामाजिक परिचालकलाई काममा लगाउनु भन्ने पत्र पठाउने तयारी थियो । तर सामाजिक परिचालकहरुले नमानेपछि रोकिएको हो, प्रमुख प्रशासकीय अधिकृत दीर्घनारायण पौडेलले भने–अहिले चाहीँ सामाजिक परिचालकहरुलाई नै पत्र दिने कुरा भएको छ ।’
सामाजिक परिचालकहरु पनि विहिबारदेखि नै काममा जाने तयारीमा छन् । ‘विहिबारदेखि वडामा पत्र दिएर काममा लगाउने सहमति भएको छ ।’ – सामाजिक परिचालक कमला खनालले भनिन्–सरकारले गरेको निर्णय कार्यान्वयन गराउन पनि आन्दोलन गर्नुपर्ने महानगरले हामीलाई विभेद गर्यो ।’ महानगरले चाहीँ कुनैपनि हालतमा सामाजिक परिचालकलाई नियुक्तिपत्र नदिने अडान लिएको थियो ।
पोखरामा ४७ जना सामाजिक परिचालकहरु कार्यरत छन् भने जिल्लाभरी ७७ जना छन् । गाउँपालिकाका बिषयमा भने महानगरको टुंगिएपछि पहल थाल्ने सामाजिक परिचालकहरु बताउँछन् । सबै परिचालकहरु १७ दिनदेखि महानगर केन्द्रित भएर आन्दोलन गरिरहेका थिए ।
‘हामीले पत्र बुझेपछि साथीहरुलाई त्यही नमुना लिएर गाउँपालिका पठाउँछौं, सामाजिक परिचालक कर्मचारी संघकी अध्यक्ष सरिता केसीले भनिन्–गाउँपालिकाबाट के प्रतिक्रिया आउँछ त्यसलाई हेरेर कार्यक्रम बनाउने कुरा छ ।’ जिल्लाभरि कार्यान्यवन नभए गाउँपालिकामा यसैगरी आन्दोलन हुने उनको भनाई छ ।
सम्बन्धित समाचार
सम्बन्धित खबर
अपिहिमाल र अर्जुनचौपारीबीच विकास साझेदारी : पाँच वर्षीय भगिनी सम्बन्ध सम्झौता
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’