पोखरा । प्रेस चौतारी नेपालको ९ औं महाधिवेशनको तयारीस्वरुप विभिन्न कार्य प्रारम्भ भएका छन् । महाधिवेशन यही फागुन २७ देखि पोखरामा आयोजना हुँदै छ । महाधिवेशन मूल व्यवस्थापन समितिले यसअघिको बैठकबाट गठित उपसमितिसँग छलफल तथा कार्यप्रगतिबारे छलफल सुरु गरेको छ ।
शनिबार अर्थ संकलन, आवास, प्रचारप्रसार, मञ्च, स्वास्थ्य, अतिथि सत्कार, स्वागत गेटसहितका उपसमितिसँग केन्द्रीय उपाध्यक्ष तथा महाधिवेशन मूल व्यवस्थापन समिति संयोजक गणेश पाण्डे र सचिव रामकृष्ण ज्ञवालीको उपस्थितिमा छलफल भयो ।
मूल व्यवस्थापन समितिको बैठक आइतबार पोखरामा बस्ने संयोजक गणेश पाण्डेले जानकारी दिए । पूर्वसन्ध्यामा उपसमितिले गरेका कार्य प्रगति र कोरेको खाकाबारे मूल व्यवस्थापन समितिलाई जानकारी गराएका थिए । महाधिवेशन समयसम्म उपसमितिसँग विभिन्न चरणमा बैठक तथा छलफलको आयोजना गरिने मूल व्यवस्थापन समितिले जनाएको छ ।
महाधिवेशनलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने भएकाले उत्सवकै रुपमा सम्पन्न गर्ने गरी तयारी गरिएको सोहीअनुसारको जिम्मेवारीमा जुट्न संयोजक पाण्डेले आग्रह गरे ।
सम्पूर्ण रुपले महाधिवेशनलाई उत्कृष्ट बनाउन चौतारीका सबै सदस्यहरुको साथ सहयोगले मात्र सम्भव हुने मूल व्यवस्थापन समिति सचिव रामकृष्ण ज्ञवालीले बताए । महाधिवेशनलाई भड्किलो भन्दा पनि सभ्य र रचनात्मक रुपमा सफल बनाउनु पर्ने अर्थ संकलन समिति संयोजक पुण्य पौडेलले बताए ।
प्रेस चौतारी कास्कीका अध्यक्ष अर्जुन गिरीले मूल व्यवस्थापन समितिसँगको समन्वयमा आयोजक जिल्लाको तर्फबाट व्यवस्थापनमा कुनै कमी नहुने प्रतिबद्धता जनाए ।
सम्बन्धित खबर
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु