काठमाडौं । झापा दमकका ४३ वर्षीय दिनेश सिग्देलको हत्या गरेको अभियोगमा उनकी कान्छी श्रीमतीसहित २ जना पक्राउ परेका छन् ।
सिग्देलकी कान्छी श्रीमती ३० वर्षीया अनिता केसी र उनलाई सहयोग गरेको अभियोगमा विराटनगरका ४ इक्राही घर भएका २९ वर्षीय सरोज भण्डारीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय, सुनसरीका अनुसार वैदेशिक रोजगारीबाट २० पुसमा फर्किएका सिग्देललाई दुई दिनपछि कान्छी श्रीमतीकै संलग्नतामा हत्या गरिएको खुलेको हो ।
कान्छी श्रीमतीको योजनमा २२ पुसको साँझ साढे ५ बजे सिग्देलकै कोठामा घाँटी थिचेर हत्या गरिएको प्रहरीको प्ररम्भिक अनुसन्धानमा खुलेको छ ।
प्रहरीका अनुसार भण्डारीसँग मिलेर हत्या गरेपछि ग्लेन्डर मेसिन र खुकुरीको प्रयोग गरेर शवलाई टुक्राटुक्रा पारेर टेम्पोमा धरान लगिएको देखिएको छ ।
शव धरानमा लगेर व्यवस्थापन गरेको झण्डै दुई महिनापछि गत साता धरान–भेडेटार सडकखण्डमा पर्ने जंगलमा जेब्रा झोलाभित्र उनको टाउको र त्यसको भोलिपल्ट त्यहीँ शरीर भेटिएको थियो ।
शव भेटिएलगत्तै अनुसन्धानका लागि प्रदेश नं. १ प्रहरी कार्यालयको क्षेत्रीय अपराध अनुसन्धान समूह (रिट), जिल्ला प्रहरी कार्यालय, सुनसरी र इलाका प्रहरी कार्यालय, धरानले अनुसन्धान गरेको थियो ।
सिग्देलले करिब १० वर्षअघि अनितासँग दोस्रो विवाह गरेका थिए । अनिताको माइती घर सुनसरीको वराहक्षेत्र १० प्रकाशपुर हो । दिनेश र उनको ७ वर्षीया छोरी छन् ।
सिग्देलकी जेठी श्रीमती भने दमकको चुलाचुलीमा बस्छिन्।
सम्बन्धित खबर
मधेशको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त
प्रतिनिधि सभा निर्वाचन: शनिबारदेखि समानुपातिकको प्रक्रिया सुरु, प्रत्यक्षको मनोनयन माघ ६ मा
नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारी पक्राउ
नेपालले पर्यटनबाट लाभ लिन पहिले त राजनीति नै ठीक हुनुपर्छः वीरेन्द्र बहादुर बस्नेत
लाभका पदमा बसेर पार्टीलाई लेबी नतिरे कांग्रेसबाट उम्मेदवार बन्न नपाइने, ३ नाम मात्र सिफारिस गर्न पाइने
हर्क साम्पाङको पार्टीको सिद्धान्त – जेनजी पुस्तालाई हप्तामा तीन दिन मात्र पढ्न दिने
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’