सरोज अर्याल, स्याङ्जा । जिल्लाकै नमुना इनारको रूपमा परिचित पुतलीबजार नगरपालिका १२ पेल्काचौर मा रहेको इनारको सम्वद्र्धन एवम् प्रबद्र्धनको लागि अत्यावश्यक देखिएको संरक्षण कार्यको पहिलो चरण अन्तर्गत ट्रष्ट निर्माणको कार्य सम्पन्न भएको छ ।
पिउने पानी र सिचाईंको प्रमुख स्रोत एवम् पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण स्थलको रूपमा अगाडि बढाउन सकिने सो स्थलको संरक्षण कार्यमा पुतलीबजार नगरपालिका वडा नं. १२ कार्यालय, स्थानीय युवा क्लब, ट्रस्ट निर्माण कम्पनी जुटेका हुन् ।
धेरै बर्ष पहिले देखिनै साविक पेल्काचौर गाविसका दुई वडा यो इनारबाट लाभान्वित थिए । त्यसपछि दुई टोलले सो इनारको पानी उभोग गर्दै आएका थिए । तर, ७ वर्ष अघि जी.डब्लू.एस. नामक आइएनजिओको सहयोगमा खानेपानी आयोजना निर्माण सम्पन्न भएपछि इनारको प्रयोग हुन छाड्यो ।
अहिले पेल्काचौरबाट लगभग १३ किलोमिटर टाढा वालिङ नगरपालिकाको रानिश्वारा भन्ने ठाउँमा दुई ओटा पानीको मुहान किनेर पाइपलाइनबाट गाउँका धारामा पानी जोडिएको छ । पानी नआउँदा भने यही इनारको पानी उपभोग हुने इनार संरक्षण समितिका सचिव राजेन्द्र शर्माले जानकारी दिए ।
जिल्लाकै पूरानो र ठूलो इनारलाई पुनः सञ्चालन गर्ने र यसबाट आगामी दिनमा पानीको अभाव नहुने भन्दै संरक्षण समिति अघि बढेको हो । संरक्षण समिति नै बनाएर अहिले काम भईरहेको छ ।

सम्बन्धित खबर
विदेशसम्म पुग्न थाले चापाकोटका काठे ठेकी
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
अर्जुनचौपारी स्वास्थ्य चौकी लगातार दोस्रोपटक जिल्लामै उत्कृष्ट
तीन वर्षमा स्याङ्जाका दुई हजार ९१० जनाले लिए सुरक्षित गर्भपतन सेवा
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
यो पनि पढौँ
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा