नेकपा एमालेका कास्की जिल्ला कमिटी सदस्य अर्जुन गिरीले कास्की क्षेत्र नम्बर २ मा एमालेलाई कसैले हराउन नसक्ने बताएका छन् । सोही निर्वाचन क्षेत्रअन्तर्गत पर्ने पोखरा, २१ मा आयोजित टोल कमिटी गठन कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीको वडा ईन्चार्जसमेत रहेका गिरीले जनताले एमालेलाई विश्वास गरेकाले कसैेले हराउन नसक्ने दाबी गरे ।
‘यो ठाउँ एमालेको लालकिल्ला हो । कसैले भत्काउन सक्दैन । यस ठाउँमा उम्मेद्वार परिवर्तन होला, तर भोट परिवर्तन हुँदैन,’ उनले थपे, ‘नेकपा एमालेलाई सूर्य चिन्हमा भोट जान्छ । उम्मेद्वार को हुन्छ भन्नेले अर्थ राख्दैन । यसमा मतदाताको भूमिका ठूलो रहन्छ ।’
क्षेत्र नम्बर २ मा एमालेलाई लोकप्रिय बनाउन भूमिका खेल्ने अग्रज नेतालाई उनले सम्मान व्यक्त गरे । वडा नम्बर २१ का कुनाकुनासम्म एमालेले विकास निर्माणका काम गरेको उनको भनाइ थियो । ‘हाम्रो वडामा टोलटोलमा, चौरचौरमा, डाँडामा विकास गरेको छ भने नेकपा एमालेले गरेको छ । यस ठाउँमा बजेट पार्न, प्रत्येक ढुंगा, इँट्टा थप्न अग्रज कमरेडहरूको ठूलो भूमिका छ,’ ईन्चार्ज गिरीले भने । गाउँका उत्पादन पोखरा लैजान र विद्यार्थी सहज ढंगले पोखरा आउजाउ गर्न सक्ने वातावरण सडक निर्माणले गरेको भन्दै उनले खुसी व्यक्त गरे । अबको निर्वाचनमा पनि वडाका जनताको इच्छाअनुसार उम्मेद्वार उठाउने जिल्ला सदस्यसमेत रहेका ईन्चार्ज गिरीले बताए ।
पोखरा–२१ कृष्तीको ठूलाचौर र निर्मलपोखरीको पोख्रेलथोकमा मंगलबार टोल कमिटी गठन गरिएको हो छ । ठुलाचौर टोल कमिटी अध्यक्षमा हरिबहादुर खत्री, उपाध्यक्षमा अर्जुनबहादुर खत्री, सचिवमा सुमित्रा खत्री, उपसचिवमा रेशमलाल अधिकारी र अनिता खत्री चुनिएका छन् । पोख्रेलथोक टोल कमिटी अध्यक्षमा हरिप्रसाद पोख्रेल, उपाध्यक्षमा गौरी पोख्रेल, सचिवमा धनप्रसाद गौतम, उपसचिवमा भगवती पोख्रेल र राजु पोख्रेल चयन भएका छन् ।
नेकपा एमाले पोखरा–२१ अध्यक्ष राजेन्द्र थापाको अध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी कास्कीका सदस्य झपट रानाभाट, नेकपा एमाले जिल्ला कमिटी कास्कीका सदस्य सीतादेवी विकलगायत बोलेका थिए । कार्यक्रमको सञ्चालन एमाले वडा सचिव रोशन भट्टराईले गरेका थिए ।
सम्बन्धित खबर
कृषि एम्बुलेन्स पाएपछि वालिङका किसानलाई राहत
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो