आशिष पुरी, पोखरा । नेपाल दशनामी युथले प्रदेश स्तरीय समिति गठन गरेको छ । युथ केन्द्रीय समिति गठन भएको केहि महिना नपुग्दै प्रदेश नं. ४ समिति गठन गरेको हो ।
शनिबार रक्तदान सहितको वृहत भेलाले रुद्र गिरीको अध्यक्षतामा नयाँ समिति गठन गरेको हो । उपाध्यक्षमा इन्दिरा गिरी, सचिव बिक्रम पुरी, सहसचिवमा गणेश गिरी, कोषाध्यक्षमा सुदिप पुरी चयन गरिएको छ । सदस्यमा मदन गिरी, कुमार गिरी, समीक्षा गिरी, महादेव गिरी, मदन गिरी, सन्तोष गिरी चयन भएका छन् । त्यसैगरी, सल्लाहकारमा प्रकाश गिरी, सुरज पुरी, सुबास गिरी, प्रकाश गिरी चयन गरिएको छ । बाँकी जिल्लाबाट कार्यसमिति थप गर्न सकिने कार्यक्रम संयोजक बसन्त गिरीले जनाए ।

यसअघि, कार्यक्रमको उद्घाटन पश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालयका प्रमुख डा. बिनोद कुमार गिरी, नेपाल दशनामी युथ केन्द्रीय कार्यसमिति अध्यक्ष उद्धव वनले संयुक्त रुपमा गरेका थिए ।
सामाजिक सञ्जाल फेसबुकमा सीमित रहेको ग्रुपले संस्था दर्ता गरेरै दशनामी युवाहरु एकिकृत गर्ने कार्य अघि बढाएको छ । भेलामा बाग्लुङ, पर्वत, स्याङ्जा लगाएतका ठाउँबाट युवाको उपस्थिति रहेको थियो । प्रमुख अतिथि गिरीले युवाको यो समूहको कार्यले आफ्नो जाति मात्र नभई सबैलाई फाइदा हुने बताए ।
यस्तै, प्रदेस नं ४ मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका उपसचिव पुरन गिरीले दशनामी युथको उद्देश्य डाटा कलेक्सन नभई अधिकार सम्पन्न हुनुपर्नेमा जोड दिए । कार्यक्रममा वरिष्ठ अधिवक्ता गोबिन्द गिरी, लोटस ईनर्जी का संचालक अर्जुन गिरी, सदस्य विशाल गिरी, बिरेन्द्र गिरी लगाएतले बोलेका थिए ।
यस्तै, कार्यक्रममा ३५ जनाले रक्तदान गरे । कार्यक्रमको अध्यक्षता गर्दै उद्धब बनले सामाजिक कार्य गर्दा जस्तोसुकै बाधा आएपनि नरोकिने र सबै तन, मन र धनले सहयोग गर्न आग्रह गरे । कार्यक्रमको स्वागत मन्तव्य केन्द्रिय उपाध्यक्ष लिला गिरी, सञ्चालन शुशिल गिरीले गरेका थिए ।

सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
चार वर्षमै अर्जुनचौपारीको शिक्षा क्षेत्रमा ठूलो फड्को
स्याङ्जामा बालबालिकालाई सारङ्गी सिकाइँदै, जोगाइँदै मौलिक संस्कृति
भरुवा बन्दुकसहित एक वृद्ध पक्राउ
गण्डकी प्रदेश प्रमुख भट्टसमक्ष मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेस
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
यो पनि पढौँ
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह